सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्करीको ६ किलो सुन लुकाएको आरोपमा युवकको हत्या

बुधबार, १८ असोज २०७४, ०७ : ५९
बुधबार, १८ असोज २०७४

सुन तस्करीसम्बन्धी विवादमा रसुवाका एक युवकको हत्या भएको छ । तस्करीको सुन लुकाएको आरोपमा रसुवा घत्लाङका २९ वर्षीय गगन तामाङको दसैँको टीकाको दिन स्वयम्भूमा हत्या भएको हो ।

हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । केही व्यक्ति फरार रहेकाले घटनाको अनुसन्धान जारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

६ किलो सुन लुकाएको आरोपमा तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

चीनबाट रसुवागढी नाका हुँदै ल्याइएको १८ किलो सुन मोटरसाइकलमा लुकाएर बोक्ने जिम्मा तामाङलाई दिइएको थियो । तर, उनले १८ मध्ये १२ किलो मात्र दिई ६ किलो सुन लुकाएको आरोप तस्करीमा संलग्न व्यक्तिहरूले लगाएका थिए ।

६ किलो सुनको बजार मूल्य करिब तीन करोड रुपैयाँ पर्दछ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप