प्रचण्ड–माधव पक्षको बृहत प्रदर्शनअघि काठमाडौंमा ‘मार्चपास’ (तस्बिरमा हेर्नुस्)
मङ्गलबार, २७ माघ २०७७, १६ : ३०
१
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनप्रदर्शनअघि प्रचण्ड–माधव पक्षका जनवर्गीय संगठनहरुले मार्चपास गरेका हुन् । मार्चपासमा रातो क्याप लगाएका युवाहरु सहभागि रहेका थिए ।
प्रतिनिधिसभा विघटन लगायतका प्रधानमन्त्रीका असंवैधानिक तथा प्रतिगामी कदमविरुद्ध बुधबार प्रचण्ड–माधव पक्षले बृहत जनप्रदर्शनसहितको विरोध सभा गर्दैछ । विरोधसभा अघि उपत्यकाका ५ स्थानबाट जुलुस निकाल्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट निकाल्ने जुलुसको केन्द्रीय नेताहरुले कमाण्ड गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा