ad
केन्द्रीय संस्करण

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउपछि जेल चलान

person explore access_timeफागुन ९, २०७७ chat_bubble_outline0

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई आज काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।  

श्रेष्ठले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानीका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएका थिए । 

त्यसविरुद्ध उक्त सहकारी संस्था लिमिटेडका अध्यक्ष धनकुमार राईको जाहेरीले उनलाई बैंकिङ कसुर मुद्दामा मुद्दा चलाइएको थियो । अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम सजाय हुने फैसला गरिएको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.