भिटोफ नेपालमा थापाको प्यानल निर्विरोध
काठमाडौं । गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालको चैत २० गते हुने निर्वाचनका लागि सोमबार भएको उम्मेदवार मनोनयन दर्ता प्रक्रियामा पर्यटनकर्मी राजकुमार थापाको समूहको मात्र उम्मेदवारी दर्ता भएको निवार्चन समितिले जनाएको छ।
विगतमा भिटोफको महासचिव भएर काम गरेका ए वान एक्सकर्सन एडभेन्चर टुर्स एण्ड ट्राभल प्रालिका सञ्चालक थापा अध्यक्षमा, नेपाल हाइकिङ टे«क प्रालिका तारालाल धरेल प्रथम उपाध्यक्षमा, ऐसेन्ट हिमालय टे«किङ एण्ड डे टुर्स प्रालिका नवराज थापा द्धितिय उपाध्यक्षमा, हिमालय वोन्डर्स एडभेन्चर प्रालिका निशेष थापा महासचिवमा, माउन्टेन रक टे«क्स एण्ड एकसपिडिसन्सका दिपक पाण्डे सचिवमा र कोषाध्यक्षमा ग्रिन भ्याली नेपाल टे«क्स एण्ड रिसर्च हवका कुलप्रसाद धितालको मात्र उम्मेदवारी परेको हो । यस हिसाबले उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी सह कोषाध्यक्षमा मनहरि दाहाल र सदस्यहरुमा शैलेश लामिछाने, हरिबहादुर बस्नेत, सृष्टि भण्डारी र सागर आचार्यको मात्र उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत श्रीराम दवाडीले जनाएका छन् ।
भिटोफमा नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट) ले जस्फा पाण्डेको नेतृत्वमा उम्मेदवारी दर्ता गर्ने घोषणा गरेको थियो । तर, उसले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्न सकेन ।
कोरोना भाइरसका कारण थलिएको गाउँ पर्यटनलाई चलायमान बनाउने आफ्नो उद्देश्य रहेको पर्यटनकर्मी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे