शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीको निर्णय अनुसार आजै राजीनामा दिन्छौँ : मन्त्री ज्वाला

सोमबार, २३ चैत २०७७, ११ : ०५
सोमबार, २३ चैत २०७७

काठमाडौं । कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन् । 
आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सोमबार राजीनामा दिन लागेका हुन् । 
आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले एमालेका तर्फबाट मन्त्री भएका तीनै जनाले सामुहिक राजीनामा दिन लागेको रातोपाटीलाई जानकारी दिए । 

‘हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले आजै हाम्रो राजीनामा आउँछ’, मन्त्री ज्वालाले बताए । 
यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो । 

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन् । यो प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही छन् । 
यसअघि गत चैत चार गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप