
च्याम्पियन्स लिगमा चेल्सी विजयी

च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले एएफसी पोर्टोलाई उसैको घरेलु मैदानमा २–० ले हराएको छ । चेल्सीलाई जित दिलाउने क्रममा मासोन माउन्ट र बिन चिलवेलले निर्णायक गोल गरे । यी दुबै खेलाडीले चेल्सीका लागि च्याम्पियन्स लिगमा पहिलोपटक गोल गरेका हुन् ।
पहिलो हाफमा पोर्चुगिज टोली घरेलु मैदानमा निकै आक्रामक देखिएको थियो । पेपे, लुुईज डियाज र मेटिस उरिबले गोलका लागि सुन्दर अवसर पाएका थिए । तर पहिलो गोल ३२ औं मिनेटमा चेल्सीका लागि मासोन माउन्टले गरे ।
त्यसयता पोर्टोले फेरि चेल्सीको रक्षापंक्तीलाई दबाबमा राख्यो । तर गोल भने गर्न सकेन । खेलको ८५ औं बिल चिलवेलले अर्को गोल गरेपछि भने चेल्सी बलियो अवस्थामा पुुग्यो । अवे मैदानमा हासिल गरेको यस जितसँगै चेल्सीले सेमिफाइनलमा पुुग्ने संभावना बलियो बनाएको छ । यद्यपी, अर्को साता दुुई टोलीबीच चेल्सीको गृहमैदानमा हुने खेलले नतिजा निर्णाधरण गर्नेछ । सेमिफाइनलको आशा जिवित राख्न पोर्टोले यस खेलमा कम्तिमा २ गोल अन्तरको जित हासिल गर्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ