१६ लाखसहित ३ जना हुण्डी कारोवारी पक्राउ
शुक्रबार, २७ चैत २०७७, १२ : २९
पर्सा जिल्लाको वीरगञ्जबाट हुन्डी कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मा छन् ।
बुधबार दिउँसो विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १६ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।
ना. ९२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा आएका तवारख देवान र जोखन साईको साथबाट प्रहरीले उक्त रकम बरामद गरी थप अनुसन्धानका क्रममा सोही कारोबारमा संलग्न उमेश शर्मा पक्राउ परेका हुन् ।
उनीहरुमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु