मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वराजा सहभागी कुम्भ मेलामा हालसम्म ३० साधु संक्रमित, एकको मृत्यु

पाँच दिनमा २ हजार १६७ जनामा संक्रमणको मामिला
शुक्रबार, ०३ वैशाख २०७८, १० : ०३
शुक्रबार, ०३ वैशाख २०७८

भारतको हरिद्वारमा जारी कुम्भ मेलाका बीच निर्वाणी अखाडाका महामंडलेश्वर कपिल देवको बिहीबार कोरोना संक्रमणपछि मृत्यु भएको छ । कुम्भ मेलामा पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सहभागी भएका थिए । कोरोनाको बढ्दो मामिलालाई मध्य नजर गर्दै अखाडा परिषद्को दोस्रो ठूलो निरंजनी अखाडाले १५ दिन अघि नै कुम्भ मेला सकिएको जानकारी गराएको छ ।

निरंजनी अखाडाका सचिव रवीन्द्र पुरीले बिहीबार कुम्भको मुख्य शाही स्नान पूरा भएको जानकारी दिए । उनको अखाडाका साधु–सन्तहरुलाई कोरोनाभाइरस संक्रमणको लक्षणहरु देखिन थालेको छ ।

हरिद्वारमा हालसम्म ३० साधुलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । यो सरकारी आँकडा हो, तर संक्रमित साधुहरूको संख्या योभन्दा बढी भएको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले अलग–अलग अखाडामा गएर साधुको पीसीआर परीक्षण गरिने जनाएको छ ।

कोरोनाको स्थितिलाई मध्यनजर गर्दै निरंजनी अखडासँगै अन्य सन्यासी अखाडाले पनि कुम्भ मेला समाप्त गर्ने घोषणा गर्न सक्ने अनुमान गरिएको छ । हरिद्वारमा कुम्भ मेलाको समय ३० अप्रिलसम्म रहेको छ । तर, पछिल्लो पाँच दिनमा त्यहाँ २ हजार १६७ संक्रमणको मामिला आइसकेको छ । यसका बावजुद अधिकारीहरुले ३० अप्रिलसम्म मेला चल्ने बताएका छन् । तर, अहिले अखाडाहरुले आफै मेला सक्ने घोषणा गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार पछिल्ला १० दिनमा करीब ७० प्रमुख सन्त कोरोना संक्रमित भइसकेका छन् । हरिद्वारको कनखल क्षेत्रमा १० हजार सन्त र समर्थक बसिरहेका छन् ।

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप