अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित
मुम्बई । अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् । कोरोना संक्रमित भएपछि अर्जुनले आफुलाई होम क्वारेन्टाइन गरेका छन् । अर्जुनले कोरोना संक्रमणको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको छैन । मैले आफुलाई घरमै क्वारेन्टाइनमा गरेको छु ।’
आफु पुरै मेडिकल केयरमा रहेर जरुरी प्रोटोकल पालना गरिरहेको बताएका अर्जुनले १० दिन यता आफ्नो सम्पर्कमा आएकालाई स्वास्थ्यको ख्याल राख्न र सावधान रहन समेत अनुरोध गरेका छन् । ‘अहिले हामी सबैका लागि डरलाग्दो समय हो । हामीले सचेत भएर थोरै समयका लागि आफ्नो ख्याल राख्नुपर्छ । यसले अगाडि हामीलाई धेरै फाइदा हुन्छ’ अर्जुनले अगाडि भने, ‘हामी सबै मिलेर कोरोनासँग लड्न सक्छौ ।’ अर्जुन अगाडि पनि बलिउडका थुप्रै कलाकार कोरोना संक्रमित भैसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा