शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरिया वास्तविक रुपमा छ कस्तो ?  त्यहाँका नागरिकले बताए यस्तो

बिहीबार, ०२ कात्तिक २०७४, १३ : ५५
बिहीबार, ०२ कात्तिक २०७४

बीबीसी

संसारमा यदि कुनै मुलुक सबैभन्दा ठूलो बन्द ढोकापछाडि बाँचिरहेको छ भने त्यो हो उत्तर कोरिया । बाहिरी दुनियाँसँग उक्त देशको सम्पर्क शून्य बराबर छ ।

त्यहाँका साधारण मानिसहरु बाहिर जान सक्दैनन् भने बाहिरका मानिसहरु उक्त देशमा सजिलैसँग प्रवेश गर्न सक्दैनन् । तर केही मानिसहरु खतरा मोलेर उत्तर कोरियाबाट भाग्ने गर्छन् ।

यस्तै केही मानिसहरुले उत्तर कोरियामा जीवन कस्तो छ भन्ने बारे जानकारी दिएका छन् । उनीहरु बाहिरी दुनियाँबाट कति अलग छन् र उत्तर कोरियाबारे के कुरा उनीहरुलाई अझै पनि याद आउँछ त्यसबारे जानकारी दिएका छन् ।

‘अमेरिकी नागरिक ब्वाँसोजस्ता हुन्छन्’

उत्तर कोरियाबाट भाग्न सफल एक महिलाले भनिन्, ‘बाल्यकालदेखि नै हामीलाई अमेरिकी ब्वाँसो हुन्छन् भनी ब्रेनवास गराइन्छ । म धेरै वर्षसम्म यो सोच्थें कि अमेरिकामा बस्ने सबैजना खतरनाक, दानव र पहेंलो आँखा भएका हुन्छन् ।’

एक अन्य महिलाका अनुसार उनलाई थुप्रै वर्षसम्म लागिरह्यो कि अमेरिका र दक्षिण कोरियामा बस्ने मानिसहरुको छातीमा बाक्ला रौं हुन्छन् ।

त्यहाँका नागरिक एक युवकले भने, ‘उत्तर कोरियामा हरेक हप्ता रेगुलर क्रिटिक नामको एक कार्यक्रमको आयोजना हुने गर्दथ्यो । जसमा आरुको गलत व्यवहारको जानकारी दिनुपर्ने हुन्थ्यो । र मलाई त्यो कार्यक्रमसँग निकै घृणा थियो । ’

मानिस होइन भगवानः

उनले भने, ‘मलाई यो कुराले खुसी छु कि अब मैले यस्तो कुनै पनि कार्यक्रममा भाग लिनुपर्दैन ।’

महिलाले भनिन्, ‘मलाई लाग्थ्यो कि हाम्रो देश ढल्नेछ । र जब हाम्रो देशको नेता मारिन्छन् तब हामी सबैको मृत्यु हुनेछ । म १० वर्षको उमेरसम्म यो सोच्थें कि हाम्रा नेता मानिस होइनन् भगवान् हुन् ।’

यी मानिसहरु उत्तर कोरियाबाट निस्किएपछि त्यहाँको कुन कुरा सबैभन्दा याद गर्दछन् ? यो प्रश्नमा एक युवकले भने, ‘त्यहाँको खाना र मेरा साथीहरु ।’

एक महिलाले भनिन्, ‘ती गल्ली जहाँ म आफ्ना आमाबुवासँग खेल्ने गर्दथें ।’

अर्की महिलाले भनिन्, ‘म एक सच्चा साथीको खोजीमा छु । तर मैले अहिलेसम्म यस्तो साथी भेट्टाएकी छैन । यसकारण म आफ्ना साथीहरुलाई याद गर्छु ।’

टाइटानिक फिल्मः

के तपाईंलाई थाहा छ, उत्तर कोरियाली जनता बाहिरबाट चोरी गरी ल्याएको टिभी कार्यक्रम र फिल्म हेर्छन् ?

यसबारे महिलाले भनिन्, ‘म दक्षिण कोरियाको टेलिभिजन कार्यक्रम र रेडियो सुनेर हुर्किएकी हुँ ।’

उनी भन्छिन्, ‘दक्षिण कोरियाका महिला गायिकाको स्वर मन्त्रमुग्ध पारिदिने किसिमका हुन्छन् । म चाहन्थें कि मेरो स्वर पनि उनीहरुको जस्तै होस् । म आफ्ना साथीहरुसँग मिलेर गाउने कोसिस गर्दथें ।’

युवकका अनुसार उनले कहिले पनि ‘टाइटानिक’ फिल्म हेरेका छैनन् तर उनका साथीहरुले उनलाई फिल्म निकै शानदार भएको बताए ।

उनी भन्छन्, ‘म भारत र अमेरिकाबारे सोच्ने गर्दथें । मैले भारतीय फिल्म पनि हेरेको छु जहाँ मानिसहरु अत्यधिक नाच्ने गर्दछन् । यी सबै मलाई निकै मनपर्दछ । साँच्चै भन्नुपर्दा मलाई ती मानिसहरुसँग इर्ष्या लाग्छ ।’

स्वतन्त्रताको लडाईंः

उत्तर कोरियाबारे कुनै एक कुरा जो तपाईं अरुलाई भन्न चाहनुहुन्छ ?

यसबारे महिला भन्छिन्, ‘सबै मानिस भित्र एउटै प्रकारको मुटु र भावना हुन्छन्, म चाहन्छु कि अरु मानिसहरुले पनि हामीलाई उनीहरु झैं सोचुन् ।’

युवकले भने, ‘जब हामीलाई चिसो लाग्छ तब हामी कोट लगाउँछौं । यसै गरी जब हामी एक्लै हुन्छौं तब हामीलाई प्रेम चाहिन्छ ।’

एक अन्य युवकले भने, ‘उत्तर कोरियाली जनता स्वतन्त्रताका लागि लड्नुपर्छ र उनीहरुको यो स्वतन्त्रतालाई भित्र मनदेखि चाहन्छन् । म चाहन्छु कि मानिसहरु यो कुरालाई सधैं याद राखुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप