शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महाकालीमा खतराको सङ्केत

आइतबार, ०६ असार २०७८, १९ : ४७
आइतबार, ०६ असार २०७८

लगातारको वर्षाका कारण महाकाली नदीमा  पानीको स्तरले खतराको सङ्केत पार गरेको छ ।  डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ । सामान्यतः ६.८० मिटर भएमा खतराको तह मानिन्छ ।

महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरका महाकाली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको छ । विशेषगरी डडेल्धुराको परशुराम नगरपालिका—६ र ७ को तटीय क्षेत्रका साथै कञ्चनपुरको महाकाली छेउछाउका वस्तीमा जोखिम बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको हो । महाकाली नदीमा जलस्तर बढेसँगै महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना समेत जारी गरेको छ ।

महाकाली नदीमा जलस्तर बढेपछि  डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल परशुराम धाम जोखिममा परेको छ । महाकाली नदीमा जलस्तर बढेपछि जिल्लाको परशुराम नगरपालिका—५ को महाकाली नदी किनारस्थित यस मन्दिर डुबानमा पर्न थालेको परिगाउँ प्रहरी चौकीले जानकारी दिएको छ । आइतबार बिहानसम्म महाकालीको जोखिम स्तर बढेको भए पनि दिउँसोदेखि वर्षा रोकिएपछि पानीको तह केही घटेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप