शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवतीको ज्यान जोखिममा

आइतबार, ११ असार २०७४, १२ : ०४
आइतबार, ११ असार २०७४

बाजुरा -उत्तरी भेगकोे पाण्डवगुफा गाउँपालिका– ३ की फुलटुक्का ढोली सुत्केरी व्यथाले छटपटिएकी छन् । 
उनलाई व्यथा लागेको दुई दिन बित्दा पनि शिशु पाउन सकेकी छैनन् । साबिकको गोत्री गाविसमा रहेको गोत्री स्वास्थ्य चौकी हुनीमहतिमा शिशु पाउन नसकेपछि उनलाई सुत्केरी गराउनका लागि तीन दिनको पैदल यात्रामा रहेको जिल्ला सदरमुकाम मार्तडीमा पठाइएको स्वास्थ्य चौकीले जनाएको छ । 


फुलटुक्काको पाठेघरमा रहेको जाली फुटिसकेको, मुख खुकुलो हँुदै गएको र पेटको कडापन नरम हँुदै गएकाले सुत्केरी हुन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए । 

गोत्री स्वास्थ्य चौकीबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनका लागि करिब सात घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । 

उनको उपचारका लागि स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा खबर गर्दा हेलिकप्टर प्रयोग गर्न बजेट नभएको जनाएकाले फुलटुक्काको ज्यान जोखिममा रहेको बताइएको छ । सुत्केरीको ज्यान बचाउनका लागि मन्त्रालयका सचिवसँग हेलिकप्टर उडानका लागि सम्पर्क भइरहेको डा विश्वकर्माले बताए । 

यसअघि पनि सुत्केरी व्यथाले च्यापेर शिशु पाउन नसकी समयमै उपचार नहुँदा र यातायातको सहज पहँुच नहुनाले साबिकको गोत्री गाविसकी एक महिलाको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप