शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वाेत्तम र लक्ष्मी स्टील्सको भुकम्प लक्षित कार्यक्रम

बुधबार, २९ कात्तिक २०७४, १५ : ५५
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं–सर्वोत्तम सिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लि ले भक्तपुर जिल्लालाई केन्द्रित गरी सो क्षेत्रमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित एक कार्यक्रम सम्पन्न गरेको  छ । 

कार्यक्रममा घर निर्माणमा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने  बारेमा जानकारी गराईएको थियो । यस्तै कार्यक्रममा घर निर्माण गर्दा सिमेन्ट कसरी प्रयोग गर्ने ,  सिमेन्टको खपत गर्ने बारेमा पनि जानकारी गराईएको थियो । कार्यक्रममा झक्तपुर क्षेत्रका करिब २ सय ५० ठेकेदारहरुको उपस्थिति रहेको थियो । 

अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो र एक मात्र सिमेन्ट उद्योग सर्वोत्तम सिमेन्ट प्रा. लि.ले ग्रिन सर्वाेत्तम ओ.पि.सि र श्री ग्रिन पि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । यस उद्योगद्वारा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि स्क्वायर सम्म रहेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।
 
हात सर्वाेत्तम सिमेन्ट दैनिक ४००००बोरा उत्पादन गर्दे आईरहेको छ । समयमा ६०००० बोरा सम्मको क्षमता बढाउने टार्गेट रहेको नेपालकै एक मात्र सिमेन्ट उद्योग रहेको छ ।

नेपालमा हालसम्म सबैभन्दा बढी विदेशी लगानी भित्राई उत्पादन गर्न सक्षम यस सर्वोत्तम सिमेन्ट प्रा. लि. आइ एस ओ ९००१ गुणस्तर प्रमाणित,  १४००१ वातावरण मैत्रि प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीका ब्राण्ड मेनेजर श्री गोपाल सारडाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप