शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भोट माग्न गाउँ पुगेका कमल थापाको यस्तो आश्वासन

बुधबार, २९ कात्तिक २०७४, १६ : ०२
बुधबार, २९ कात्तिक २०७४

मकवानपुर –राप्रपा अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा आफ्नो चुनावी क्षेत्र मकवानपुर –१ को गाउँ पुगेका छन् । 
नेपाली काङ्ग्रेस र राप्रपाका नेता कार्यकर्ता सहित गाउँ पुगेका थापाले आज बकैया गाउँ पालिकाको विभिन्न ५ स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् ।
 बकैया गाउँ पालिकाको भिरकोट,जुरेली,श्रीपुर ,जुईना र माटोकुरिमा आज आयोजित चुनावी सभालाई थापाले आफू  जनताको दुखमा सँधै साथमा रहेको बताए । 
भोट माग्दै उनले भने–जनतासँग  सङ्गै जोडिन चाहन्छु । राजनितिक जिबनको उत्तरार्धमा छु,मकवानपुरे जनताको सहयोग र बिश्वासको अपेक्षा गरेको छु।’
  मकवानपुरको बिकास र मकवानपुरे जनताको खुशी नै आफ्नो मुख्य लक्ष्य भएको भन्दै थापाले अाफूले जिल्लाकाे लागि धेरैभन्दा धेरै विकास गर्ने अाश्वासन बाँडे  । 

मकवानपुर –१ क का प्रदेश उम्मेदवार धर्म लामिछाने ,काङ्ग्रेस नेताहरु माईकल रामचन्द्र अर्याल , रिता खनाल लगायतले बोल्दै लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई निकास दिने दाबी  गरे ।

राप्रपाका नेताहरु गणेश थापा,प्रेम श्रेष्ठ ,नबराज बिष्ट ,राजाराम बर्तौला थापा सङ्गै चुनावी दौडाहामा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप