शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छलेर ल्याएको लाखौं रुपैयाँको समान प्रहरीले यसरी समात्यो

बुधबार, २९ कात्तिक २०७४, २० : ३४
बुधबार, २९ कात्तिक २०७४

सीताराम चौधरी


कृष्णनगर(कपिलवस्तु) – इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले ७ लाख ९ सय रकम बराबरको अबैध सामान पक्राउ गरी बुधबार भन्सार चलान गरेको छ ।
भारतबाट अबैध रुपमा चोरी निकासी गरी नेपाल भित्र्याइएका सामान सीमाक्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक सुभाष कुमार गैरेले जानकारी दिएका छन् । प्रहरी निरीक्षक गैरेको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार विहान कृष्णनगर नगरपालिका १, कुकुरभुकुवा नाकाबाट ५० हजार ९ सय बराबरको सामान बरामद गरेको थियो ।

 भारत सिद्धार्थनगर थाना त्रिलोकपुर निवासी ३७ वर्षीय बालकृष्ण भट्टले चलाई ल्याएको यूपी ५५ पी ६१२३ नम्बरको मोटरसाइकलमा लेडिज सुट, काँचो कपडा, जेन्ट्स पाइन्ट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको अवस्थामा पक्राउ गरिएको गैरेले बताए । साथै मोटरसाइकल र चालकलाई समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले बताए ।


यसैगरी बुधबार दिउँसो करीब २ बजेको समयमा कृष्णनगर नगरपालिका ६, बन्चौरा नाकाबाट ६ लाख ५० हजार बराबरको अबैध सामान पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिवराज नगरपालिका ३ बस्ने बर्ष २८ को प्रकाशचन्द्र पौडेलले चलाएको ग २ च ३३८४ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याएको प्लाष्टिकले बुनेको १ सय १४ थान फलामको खाटसहित गाडीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले बताएका छन् ।

भारत जिल्ला सिद्धार्थनगर थाना गौरेला घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका ३ मा पसल गरी बस्ने बर्ष ३५ का बिजयकुमार जैसवाललाई समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप