प्रधानमन्त्री देउवाले भने, ‘संसदीय व्यवस्थालाई कम्युनिष्टहरुबाट जोगाउन अघि बढौं
टेकराज अवस्थी
आलिताला (डडेल्धुरा) – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले देश अहिले गम्भीर मोडमा उभिएकाले देशलाई कम्युनिष्टहरुको त्रासबाट बचाउन लोकतन्त्रको पक्षमा जनमत अझ बढ्ने बताएका छन् ।
सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले आईतबार गृह जिल्लाको आलितालामा आयोजित चुनावी सभामा बोल्दै सो कुरा बताएका हुन् । पूर्वको ताप्लेजुङ्बाट चुनावी अभियान थालेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका अधिकांश जिल्लाको चुनावी प्रचारको क्रममा लोकतन्त्रको पक्षमा जनता उर्लिएर आएको बताए ।
उनले झण्डै ७० बर्षको संघर्षले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र सहितको वर्तमान संसदीय व्यवस्थालाई कम्युनिष्टहरुबाट जोगाउन जनता आफै अग्रसर भएको पनि बताए । उनले यो चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी पनि गरे ।
उनले केही परिबर्तन बिरोधी समूहहरुको निर्वाचन हुन नदिन जनताका प्रतिनिधिमाथि छानी छानी आक्रमण गरिरहेकोमा आपत्ति जनाउँदै उम्मेदवारमाथिको अराजक हमला तत्काल बन्द गर्न चेतावनी समेत दिए ।
आलितालमा आयोजित आमसभामा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा माओबादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा प्रस्ताबित समानुपातिकतर्फका उम्मेदवार जगत पार्की, नेकपा माओबादी केन्द्रका पूर्वजिल्ला ईन्चार्ज जनक कलौनी सहित ७ सय ७६ जना नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
यस्तै नेपाली काँग्रेसबाट एमाले गएका तारिसिंह बोहोरा पनि नेपाली कांग्रेसमा फर्किएका छन् । पर्शुराम नगर समितिका सभापति तारी सिंह बोहरा स्थानीय निर्वाचनमा उम्मेदवारीको विषयलाई लिएर असन्तुष्ट भई नेकपा एमालेमा प्रबेश गरि नगर प्रमुखका उठेका थिए ।
उनलाई कांग्रेस सभापति देउवाले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने