शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेची नेत्रालय काँकडभिट्टा गोल्डकप शुरु

बुधबार, ०६ मङ्सिर २०७४, १६ : २४
बुधबार, ०६ मङ्सिर २०७४

काँकडभिट्टा -मोफसलकै सर्वाधिक राशिको ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’को तेस्रो संस्करण आजबाट शुरु भएको छ । 

काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको सो प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्नुभएको हो । 

मेची नेत्रालय मुख्य प्रायोजक, मेची बस व्यवसायी संघ र नरेन्द्र मेचे सहप्रायोजक रहेको उक्त प्रतियोगितामा विजेतालाई रु आठ लाख एक हजार र उपविजेतालाई रु चार लाख एक हजार प्रदान गरिने आर्थिक समितिका संयोजक गंगालाल गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगितामा करिब रु ६५ लाख खर्च हुने आयोजकले जनाएको छ । सो प्रतियोगितामा भारतको एउटासहित १० वटा टिमको सहभागिता रहेको छ । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, रमपम झापा ११, त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, रुपन्देही ११, सुदूरपश्चिम ११, मनाङ मस्र्याङदी र हिमालयन शेर्पा काठमाडौँ रहेका छन् । 

उद्घाटन खेल नेपाल पुलिस क्लब र सुभाषचन्द्र ब्वाइज क्लब कलकत्ता, भारतबीच हुँदैछ । विगत तीन वर्षदेखि मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिता आयोजना गरिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप