शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउण्डमा ‘गणतन्त्रवादी’ भर्सेस ‘राजावादी’ : कसले मार्ला बाजी ?

बिहीबार, ०७ मङ्सिर २०७४, ११ : ३४
बिहीबार, ०७ मङ्सिर २०७४

झापा । नेकपा एमाले र माओवादी केन्द्र चुनावी तालमेल गर्दै पार्टी एकता हुने गरी निर्वाचनमा होमिएका छन् । देशभरीनै वाम गठबन्धन संयुक्त रुपमा चुनावमा खटेको छ । दुई पार्टीबीच  ६०–४० को भागबण्डा भएको छ । अरू ठाउँमा काङ्ग्रेस र राप्रपाको गठजोड छ भने गोरखामा काङ्ग्रेस र नयाँ शक्तिको गठजोड छ । तर, झापा क्षेत्र नम्बर ३ यस्तो जिल्ला भएको छ, जहाँ माओवादी, एमाले र राप्रपाको  चुनावी गठनबन्धन छ भने काङ्ग्रेस एक्लै चुनावी मैदानमा छ ।  

क्षेत्र नम्बर तीनबाट राप्रपाका राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् भने  काङ्ग्रेसका कृष्ण प्रसाद सिटौला । एमाले, माओवादी केन्द्रको सहयोगमा  लिङ्देन चुनाव लडेका भएपनि सिटौलाले कडा टक्कर मात्रै दिएका छैनन् उनी आक्रामक रुपमा समेत प्रस्तुत हुँदै आएका छन् । सिटौलाले झापा क्षेत्र नम्बर ३ को चुनावी भिडन्तलाई ‘राजावादी र गणतन्त्रवादी’ बीचको लडाईंको रुपमा अथ्र्याएका छन् । उनले राजा चाहिन्छ भन्नेलाई एक्लाउनु पर्नेमा परिवर्तनका बाहक भनिने एमाले र माओवादीले बोकेको भन्दै आलोचना समेत गर्दै आएका छन् ।

लिङ्देन भने आफू विकासको एजेण्डा लिएर चुनावी मैदानमा होमिएको भन्दै आफ्नै जित हुने दाबी गर्छन् । झापा क्षेत्र नं ३ को हल्दीबारीका स्थायी बासिन्दा उनले अहिले पनि झापाका कतिपय ठाउँ कर्णालीजस्तै भएकाले यसलाई झापा बनाउने अभियानमा आफू लागेको बताए ।

तत्कालिन राप्रपा नेपाल ०७० सालमा यो क्षेत्रमा प्रमुख प्रतिपक्ष भएको थियो । स्थानीय तहमा पनि सन्तोषजनकै मत पाएको थियो ।

अहिले लिङ्देनको पक्षमा एमाले र माओवादी भएको तथा काङ्ग्रेसका हेभिवेट उम्मेदवार सिटौला नै मैदानमा खडा भएपछि यहाँको प्रतिस्पर्धा रोचक हुने  देखिन्छ ।

आफूलाई राजावादी र मण्डले भने पनि कुनै फरक नपर्ने बताउँदै उनी  थप्छन्, ‘समय धेरै अगाडि बढिसक्यो । यसकारण मलाई माओवादी र एमालेबाट धोका होइन, जित सुनिश्चित छ ।’

लिङ्देनले पूर्वसहमतिअनुसार काङ्ग्रेसले आफूलाई सघाउनु पर्ने भएपनि अन्त्यमा धोका भएको  तर्क गर्छन् । काङ्ग्रेसले धोका दिएपनि आफ्नो योगदानलाई बुझेर  एमाले माओवादीले स्वीकार गर्नु सकारात्मक पक्ष भएको  लिङ्देनले बताए ।

आफूसँग प्रतिस्पर्धामा उत्रेका सिटौलालाई हेभिवेट नेता भएको स्वीकार गर्दै उनी भन्छन्– ‘मत परिणाम नआउँदासम्म कुनै पनि उमेदवारलाई कम आँक्नु हुँदैन ।’ तर, तीन पार्टी मिलेर २५ हजार बढी मतान्तरले विजयी हुने उनको दाबी छ ।

आफूलाई राजावादी र मण्डले भने पनि कुनै फरक नपर्ने बताउँदै उनी  थप्छन्, ‘समय धेरै अगाडि बढिसक्यो । यसकारण मलाई माओवादी र एमालेबाट धोका होइन, जित सुनिश्चित छ ।’

नेता कृष्णप्रसाद सिटौला पनि राप्रपाका उम्मेदवार प्रति आक्रामक बन्दै झापामा घरदैलोमा व्यस्त देखिन्छन् ।

उनी मतदातालाई राजा चाहिन्छ भन्नेलाई जिताउने कि गणतन्त्रका लागि लडेको व्यक्तिलाई जिताउने भन्दै  मतदातासँग भोट मागिरहेका छन् ।

उनी भन्छन्– ‘मतदातालाई राम्रोसँग थाह छ, देशको विकास गर्ने र नगर्ने । को गणतन्त्रको पक्षमा छ को विपक्षामा ? यसकारण यो निर्वाचनमा मैले सजिलै गठबन्धनका उम्मेदवारलाई हराउन सक्छु ।’

माले र माओवादी जस्ता परिवर्तनकारी शक्तिले राजतन्त्र चाहिन्छ भन्ने राप्रपासँग गठबन्धन गरेकोमा आक्रोस पोख्दै भन्छन्, ‘गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी जस्ता परिवर्तनका एजेन्डा नमान्ने व्यक्तिलाई किन बोकेका हुन् ? अहिलेसम्म आफूले बुझ्न सकेको छैन ।’

एमाले र माओवादी जस्ता परिवर्तनकारी शक्तिले राजतन्त्र चाहिन्छ भन्ने राप्रपासँग गठबन्धन गरेकोमा आक्रोस पोख्दै भन्छन्, ‘गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी जस्ता परिवर्तनका एजेन्डा नमान्ने व्यक्तिलाई किन बोकेका हुन् ? अहिलेसम्म आफूले बुझ्न सकेको छैन ।’

सिटौला आफूले जितेपछि शान्ति प्रक्रियालाई पूर्णता दिने बताउँछन् । आफूले शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्ने भन्दै सिटौलाले मतदाता रिझाइरहेका छन् ।

गणतन्त्र र राजावादीमा  दुई उम्मेदवार कित्ताकाट भएपनि दुबै उम्मेदवारको एजेण्डा भने विकासमुखि रहेका छन् । उनीहरु दुबैले सडक पक्की बनाउने, गाउँगाउँमा विजुली पर्याउने, वन हात्तीको पीडा सहेर बसेका बासिन्दाका लागि सुरक्षा व्यवस्था गराउनेलगायतका चुनावी एजेण्डा लिएका छन् ।

झापा क्षेत्र नम्बर ३ मा  हल्दीबारी गाउँपालिका, कचनकमल गाउँपालिका, गारदशी गाउँपालिका र  भद्रपुर नगरपालिकाको वडा नम्बर १० पर्छन् ।

रातोपाटी @ ब्याटल ग्राउन्ड 

 

काठमाडौँ क्षेत्र नं. २ मा यस्तो छ माधव र दीपकको भिडन्त (फोटो/भिडियो)

प्रचण्डलाई भोट माग्दै ओलीले भने, ‘हाटहुट–लाटलुट हैन, देश बनाउन पाँच बर्ष सरकार चलाउँछौं !’

ब्याटल ग्राउन्ड : चुनावले नछोएको बिर्तामोड बजार

एमाले महासचिव पोखरेलको ब्याटल ग्राउन्ड : हारलाई उल्टाउने अन्तिम प्रयत्न

ब्याटल ग्राउन्ड काठमाडौं १– अनिलको अनुहारमा मदनको झल्को !

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्र पौडेल र किसानको प्रचार शैली : तुलब्यानर थोरै, घरदैलो धेरै (फोटोफिचर)

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

ब्याटल ग्राउन्ड : दोहोरो दबावमा अर्जुन : यसरी बन्न सक्छन् लोहनी हारजीतको फ्याक्टर

ब्याटल ग्राउन्ड : रामचन्द्रको ‘गढ’मा किसानको हमला : के भन्छन् तनहुँका जनता ?

गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

बम विष्फोट : कतै युवती, कतै रिमोट !

हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप