शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मौन अवधिको पूर्ण पालना गर्न सरोकारवालाहरुलाई आयोगको आग्रह

बिहीबार, ०७ मङ्सिर २०७४, १२ : ३४
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौं–  आइतबार पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि विहिबारदेखि मौन अवधि सुरु हुँदैछ । 

निर्वाचन आयोगले आगामी आईतबार पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेतर्फ सचेत गराएको छ । मौन अवधि लागू भएसँगै मतदातालाई प्रभावित तुल्याउने वा दवाव दिने कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले स्मरण गराएका हुन् ।

मतदान हुनुभन्दा ४८ घण्टा अघि मतदातालाई प्रभावित तुल्याउने कुनै पनि गतिविधि गर्न नपाउने गरी मौन अवधिको समय तोकिएको हुन्छ । मौन अवधिको पूर्णपालना गर्न पनि निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवार, राजनीतिक दल र सरकारको गम्भिर ध्यानाकर्षण पनि गराएको छ । आईतबार पहिलो चरणमा ३२ वटा जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि मतदातालाई प्रभावित तुल्याउने समाचार प्रशारण, प्रकाशन नगर्न पनि संचारकर्मीहरुको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता ढकालले मौन अवधि सुरु भएपछि सामाजिक संजालमा समेत निर्वाचन प्रचार प्रचारको काम गर्न नपाउने पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले सुरक्षाको व्यवस्था सुदृढ भएको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन पनि आम मतदातालाई पुन आह्वान गरेको छ । आयोगका प्रवक्ता ढकालले सुरक्षाको उचित व्यवस्था भएको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई पनि आह्वान गरे । आगामी २१ गते दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप