बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवको गाडीलाई लक्षित गरेर बम प्रहार

शनिबार, १६ मङ्सिर २०७४, १७ : ५२
शनिबार, १६ मङ्सिर २०७४

धनुषा –जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ । 

राजपा अध्यक्ष मण्डलका  सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार  राजेन्द्र महतोको फूलगामास्थित चुनावी सभामा सहभागि भएर फर्किने क्रममा यादवको गाडीलाई लक्षित गरेर शनिबार साँझ बम  प्रहार गरिएको हो ।

 यद्यपी सो बम यादवको गाडी भन्दा केहि मिटर पर  पडिकएको प्रत्यक्षदर्शीले जनाएका छन् ।  यादव सुरक्षित छन् ।

बम कसले प्रहार गरेको भन्ने खुल्न बाँकी रहेको  जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

घटनापछि सो क्षेत्रमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप