सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बैठकमै कांग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते

सोमबार, १० पुस २०७४, १९ : ०७
सोमबार, १० पुस २०७४

स्याङजा – नेपाली कांग्रेस स्याङजाका कार्यकर्ताहरुबीच बैठक कक्षमै कुटाकुट भएको छ । चुनावी समीक्षा गर्न बसेको बैठकमा अन्तरघातको कुरा उठेपछि दुई पक्षीय समुहबीच कुटाकुट भएको हो । सोमबार स्यङ्जा कांग्रेसले क्षेत्र नम्बर २ स्तरीय बैठक बोलाएको थियो ।

चुनावी समीक्षा गर्न बोलाइएको सो बैठकमा भएको झडपपछि रामचन्द्र पौडेल पक्षका तीनजना कार्यकर्ताहरु घाइते भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरुले आफुहरुमाथि आक्रमण गरेको पौडेल पक्षका कार्यकर्ताहरुको आरोप छ । 

झडपमा पौडेल पक्षका भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका छन् । झडपमा ढकाल र अर्याल गम्भीर घाइते भएका र उनीहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

बैठकमा प्रदेश चुनाव लडेका नेविसंघका पूर्व नेता विष्णु पौडेलको समुहले आक्रमण गरेको पौडेल पक्षले आरोप लगाएको छ ।  पौडेल प्रदेशसभा चुनावमा पराजित भएका थिए भने सोही जिल्लाबाट कांग्रेस नेता गोपालमान श्रेष्ठ निर्वाचनमा पराजित भएका थिए । 

यद्धपि पार्टी  बैठकमा छलफल हुँदा सामान्य हात हालाहाल भएको तर खासै ठूलो घटना नभएको स्याङजा कांग्रेसका नेताहरुले बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप