घट्यो ब्रोकर कमिसन : १ करोड रुपैयाँमाथिको कारोबारमा अब ०.२४ प्रतिशत मात्र लिन पाइने
काठमाडौँ । धितोपत्र कारोबारब्रोकर (सेयर दलाल) कमिसन घटेको छ । सरकारले सेयर कारोबार गरेबापत ब्रोकरले लिँदै आएको कमिसनमा १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले ब्रोकर कमिसनको सहमति दिएको हो । योसँगै हाल कायम ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्मको ब्रोकर कमिसन न्यूनतम ०.२४ प्रतिशतमा झर्ने भएको छ ।
हालको ब्रोकर कमिसनको रेट अनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ब्रोकर कम्पनीहरूले ०.४० प्रतिशत कमिसन लिइरहेका छन् भने ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत लिने गरेका छन् ।
अब, १० प्रतिशतले कमिसन घट्दा यस्तो कमिसन क्रमशः ०.६६ प्रतिशत र ०.३३ प्रतिशतमा झर्नेछ ।
यस्तै, ५ लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।
अब यस्तो कारोबारको कमिसन क्रमशः ०.३१ प्रतिशत,०.२७ प्रतिशत र ०.२४ प्रतिशत झर्नेछ । घटेको कमिसन आगामी जेठ १ देखि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण