शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँ उद्योग वाणिज्य संघ दमौलीको अधिवेशन: फेसबुकमार्फत उम्मेदवारी, सभापतिमा दुई राजकुमारको भिडन्त

मङ्गलबार, १८ पुस २०७४, ०९ : १०
मङ्गलबार, १८ पुस २०७४

तनहुँ - उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिको यहि पुस २१ र २२ हुन गईरहेको १० औं अधिवेशन एवं २२ औं साधारण सभाको  मिति नजिकिदै गर्दा इकाईका पदाधिकारीका लागि सामाजिक संञ्जाल फेसबुकमा उम्मेद्वारी गर्नेको लहर बढेको छ । 

सामाजिक संञ्जाल फेसबुक र पत्रपत्रिकामार्फत इच्छुक व्यक्तिले उम्मेदवारी दिएको भएपनि आधिकारिक उम्मेद्वार पुस २१ गते मात्रै एकिन हुने सभापति कृष्ण आचार्यले बताए । 

बजार इकाईको पदाधिकारीको लागि २६ जनाको कार्यसमित रहनेमा २२ जनाको निर्वाचन प्रणालीबाट चयन गरिने व्यवस्था छ । 


अहिलेसम्म सभापतिमा २ जना राजकुमार श्रेष्ठ “राकु” र राजकुमार श्रेष्ठको नाम चर्चामा छ । चुनाब जित्नेमा आफु विश्वस्त रहेको उनीहरुको आ-आफ्नै दाबी छ ।

उपसभापतिमा ४ जना दधिराज घिमिरे, रमेशकुमार श्रेष्ठ, शुकनारायण मल्ल र जीवन शाहि, कोषाध्यक्षमा ३ जना बिन्दु श्रेष्ठ, हर्षमान श्रेष्ठ र भानु चापागाईंले सामाजिक संञ्जालमार्फत उममेदवारी घोषणा गरेका छन् । 

सदस्यहरूमा १० जना राजु दाहाल, सुर्यभक्त अधिकारी, केदार अधिकारी, सरोज भण्डारी, भरत श्रेष्ठ, सोम थापा, राजेश मल्ल, दान बहादुर घर्ती, राजेन्द्र श्रेष्ठ र रमेश श्रेष्ठ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप