शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरी र विद्यार्थीबीच त्रिचन्द्र कलेज अगाडी झडप, ६ जना घाइते

मङ्गलबार, १८ पुस २०७४, १४ : ५४
मङ्गलबार, १८ पुस २०७४

काठमाडौँ । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ ।

झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुको उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर, शेखर बोहोरालगायत ६ जना रहेको सचिव आरसी लामिछानेले रातोपाटीलाई जानकारी दिए ।

बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्तौलाको टाउकामा १७ वटा टाँका लगाइएको सचिव समीक बडालले जानकारी दिए । दुबैको प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ । 

र्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको, प्रधानमन्त्री शेरबहादुर देउवाको अक्रमण्यता तथा  मूल्यबृद्धिविरुद्ध गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको लामिछानेले जानकारी दिए ।

अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो । 

त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले जानकारी गराइन्। 

पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो । पछि विद्यार्थीले पनि ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए । 

‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेको बेला प्रहरीले एक्कासी बल प्रयोग गर्यो,’ लामिछानेले भने, ‘प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप