काङ्ग्रेस कार्यकर्तासँग विवाद हुँदा माओवादी नेता घाइते
बुधबार, १९ पुस २०७४, १४ : ४४
बागलुङ– मंगलबार भोज खान गएका बेला राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका एकजना नेता घाइते भएका छन् । बागलुङको पश्चिम निसीखोला गाउँपालिका वडा ६ भल्कोटका लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढामगर गम्भीर घाइते भएका हुन् ।
निसीको भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति १० बजे ढुङ्गा प्रहार भएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिए ।
भुजेलले पीडित बुढाले बुधबार बिहान उजुरी दिएपछि पीडकलाई लिन पठाएको बताए । बुढाको उनको निधार र दाहिने हातमा गम्भीर चोट लागेको छ । स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको बताएको छ । कुशल नेकपा माओवादी केन्द्रका नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म