सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
लाताकिया । सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको डढेलोले ३० हेक्टरभन्दा बढी जमिन जलेको सिरियाली नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ ।
हालसम्म कुनै व्यक्ति घाइते भएको वा घरमा क्षति पुगेको विवरण आएको छैन । डढेलोको कारण भने अझै नखुलेको विभागले जनाएको छ ।
नागरिक सुरक्षा अनुसार तीव्र हावा, अत्यधिक गर्मी, विगतको युद्धबाट बाँकी रहेका जोखिमपूर्ण वस्तु र दुर्गम भूगोलका कारण आगो निभाउने कार्यमा कठिनाइ भएको छ ।
लाताकियाका प्रशासनिक तथा प्राविधिक इकाइ प्रमुख अली असीले जानकारी दिँदै भने, ‘तीव्र गर्मी, उकालो–ओरालो जमिन र पानी तथा उपकरण पुर्याउन गाह्रो भएकाले डढेलो नियन्त्रणमा समस्या भइरहेको छ ।’
उनले थप भने, ‘डढेलो सुरु भएको चार दिन भइसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । हामीले अलेप्पो, टार्टुस र हामा क्षेत्रका स्थानीय तहहरूसँग सहयोगको आग्रह गरेका छौँ । डढेलोले दर्जनौँ बिघा क्षेत्र प्रभावित बनाइसकेको छ र हामी अझै भारी उपकरणको प्रतीक्षा गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण