बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म

आइतबार, २८ वैशाख २०८२, २१ : ५९
आइतबार, २८ वैशाख २०८२

सारांश

  • भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही एक च्यारिटी कार्यक्रमका लागि नेपाल आउँदैछिन्।
  • उनी शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको सहयोगार्थ कार्यक्रममा सहभागी हुनेछिन्।
  • कार्यक्रममा दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतका कलाकारले प्रस्तुति दिनेछन्।
  • फतेहीले वसन्तपुर र पशुपतिलगायतका सम्पदाको भ्रमण गर्नेछिन् र कार्यक्रममा उनका चर्चित गीतहरूमा नृत्य गर्नेछिन्।

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउँदैछिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि उनी नेपाल आउन लागेकी हुन् ।

कार्यक्रममा उनले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गर्नेछिन् । नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुति दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उनी वसन्तपुर, पशुपतिलगायत सम्पदाको पनि भ्रमण गर्नछिन् । बौद्धस्थित हायातमा आयोजना हुने कार्यक्रमका लागि उनीसँग २० बढी नृत्याङ्गना पनि सहभागी हुनेछन् । कार्यक्रमका लागि खल्ती एपबाट २, ४, ७ र १६ हजार दरको टिकेट काट्न सकिनेछ । कार्यक्रममा नोरा फतेही र दुर्गेशले दुश्मन हेरेको हेरै गीतमा सँगै स्टेज सेयर गर्ने कार्यक्रम पनि छन् ।

अभिनेत्री फतेहीको नृत्य रहेका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत लोकप्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप