प्युठानमा १२ वडाको नतिजा सार्वजनिक, क-कसले जिते ?
-राधिका भुसाल
प्यूठान - २ नगरपालिका र ७ गाउँपालिका भित्र रहेका ६४ वडा मध्ये १२ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।
उक्त वडा मध्ये ४ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।
ऐरावती गाउँपालिका १ मा पदम बहादुर थापा, माण्डवी गाउँपालिका १ मा चिन्त बहादुर केसीको प्यानलले बिजयी हासिल गरेको छ भने झिमरुक गाउँपालिका ८ मा तुलस बस्नेतको नेतृत्व सहितको प्यानलले निकटतम प्रतिद्धन्द्धीको भन्दा २०७ मतको अग्रतासंगै विजयी हासिल गरेको हो । स्वर्गद्धारी नगरपालिका १ मा माओवादी केन्द्रका मेघबहादुर घर्ती सहितको प्यानलले जित हात पारेको छ ।
त्यस्तै नेपाली कांग्रेसले गौमुखी गाउँपालिका ७ मा श्यामलाल पुरीको प्यानललै बिजयी भएको छ भने एमालेका सांसद धन बहादुर रायमााझीको क्षेत्र सरुमारानी १ वांगेशालमा नेपाली काग्रेंसका मुकुन्द्र शर्मा सहितको टिमले विजयी भएको छ ।
नेकपा एमलेले नौ बहिनी गापा १ मा मेघ बहादुर जिसी, सरुमारानी गापा ६ मा कुल बहादुर रोका, झिमरुक गाउँपालिका १ मा धुर्वराम खनाल खनालले विजयी हासिल गरेका छन् भने मल्लरानी गाउँपालिका ५ को वडा अध्यक्षमा राम बहादुर थापाको नेतृत्वले विजयी हासिल गरेको छ ।
प्यूठान जिल्लाको खाता खोल्न सफल भएको राष्ट्रिय जनमोर्चा पार्टीले मल्लरानी गाउँपालिका १ मा वडा अध्यक्ष चिन्त बहादुर राहु सहितकोप्यानल र वडा २ मा प्रतिद्धन्द्धी एमालेलेलाई पछि पार्दै ६७९ मतको अन्तरले लेख बहादुर थापाको पुरै प्यानल बिजयी भएको छ ।
प्यूठानकै मुटु केन्द्र मानिने प्यूठान नगरपालिकामा माओवादी केन्द्रका अर्जुन कुमार कक्षपतिको अग्रता कायमै देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ