शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ दैनिक १७ करोड लिटर मेलम्चीको पानी अट्ने सुन्दरीजलको पानी संकलन केन्द्र (फोटो फिचर)

मङ्गलबार, ०९ माघ २०७४, १२ : ५७
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौं – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । काठमाडौंको सुन्दरीजलमा निमार्ण भइरहेको पानी संकलन तथा प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिला प्रसाद ढकालले जानकारी दिए । 

मेलम्चीको पानी काठमाडौं झर्ने वित्तिकै यहाँबाट काठमाडौंका विभिन्न पानी संकलन तथा प्रशोधन केन्द्रमा गरिनेछ । 

अहिले १० करोड लिटर पानी अट्ने क्षमताको पानी संकलन केन्द्र बनिसकेको छ भने थप पानी अटाउनका लागि पनि भौतिक संरचना बनाउने काम भइरहेको छ । 

प्रवक्ता ढकालले भने–‘१० करोड लिटर पानी अट्ने संकलन केन्द्र बनिसकेको छ, ट्रीटमेन्ट प्लान्ट साढे ८ करोड निर्माण सम्पन्न भएको छ भने दोश्रो फेजमा पनि साढे ८ करोड लिटरको पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।’

मेलम्ची खानेपानी आयोजनाको शुरुङमार्गको काम सकिएर सुन्दरीजलमा पानी खस्नेवित्तिकै दैनिक १७ करोड लिटर पानी प्रशोेधन गर्ने र काठमाडौं उपत्यकाका अन्य पानी संकलन केन्द्रमा पठाएपछि त्यहाँबाट उपभोक्ताको घर घरमा पुग्नेछ । 

१० संकलन केन्द्रमा पानी भण्डारण
सुन्दरीजलको यो पानी संकलन केन्द्रबाट उपत्यकाका अन्य ९ नयाँ पानी संकलन केन्द्रमा पानी पठाइनेछ भने ३ वटा पुरानो पानी संकलन केन्द्रमा पानी पठाईनेछ । यहाँबाट आरुबारी, महांकाल, बाँसबारी, बालाजु, महाराजगञ्ज, खुमलटार, बोडेको किट्नी, कटुञ्जे र कीर्तिपूरका पानी संकलन केन्द्रमा पानी पुग्नेछ । 

यस्तै यसअघि नै निमार्ण भएका महांकाल, अनामनगर र मिनभवनका पानी संकलन तथा प्रशोधन केन्द्रमा पानी पठाइने भएको छ । यी केन्द्रहरुबाट काठमाडौंका घरहरुमा पानी पठाइनेछ । मेलम्चीबाट यी पानी संकलन केन्द्रमा पानी पुगेको ३ महिनाभित्र पाइपलाइन बिस्तार भएका उपत्यकाका घरहरुमा पानी पुग्ने प्रवक्ता ढकालले जानकारी दिए । यहाँबाट ८५ हजार धारामा दैनिक ४ घन्टा पानी नियमित रुपमा पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप