शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आहा रारा गोल्डकपः सुदुरपश्चिम–११ द्वारा सहारा क्लब पराजित

मङ्गलबार, ०९ माघ २०७४, १८ : ५२
मङ्गलबार, ०९ माघ २०७४

पोखरा– आजदेखि पोखरामा सुरु भएको १६ औँ संस्करणको आहा रारा गोल्ड कप–२०७४ को उद्घाटन खेलमा सुदूरपश्चिम–११ धनगढीले आयोजक टिम तथा २०७३ उप–विजेता साहारा क्लबलाई ३–० ले हराएको छ । सुदुरपश्चिमका लागि खेलको २५ औ मिनेटमा धनबहादुर थापाले गोल गरेका थिए भने खेलको ७८ औं मिनेटमा मनिराम चौधरीले गोल गर्दै सुदुरपश्चिम साहारासँग २–० को  अग्रता लिन सफल भयो ।

खेलको थप समयमा राकेश हमालले गोल गर्दै प्रिक्वाटर फाईनलको यात्रा तय गरे । खेलको थप समय अगाडि प्रतियोगिता भर पाएका अवसरहरु साहारा सदुपयोग गर्न सकेनन् । आजको प्रतियोगितामा सुदुरपश्चिम–११ स्पोर्टिङ क्लब धनगढीका लागि जर्सी १७ धनिराम चौधरी म्यान अफ म्याच घोषित भए  ।

खेलमा नेपाल आर्मी, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी, थ्रीस्टार क्लब दुई विदेशी टोली बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाईटेड, मोफसलका टोली, धरान फुटबल क्लब, झापा ११ र ए डिभिजनको संकटा क्लब गरी १२ टोलीले भाग लिएका छन् ।

बुधबार भारतको सिक्किम युनाईटेड र धरान फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । बेष्ट अफ फाईभले नगद सहित ट्रफी, दर्शकले स्कुटर र टिभी पाउने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप