शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाबासीले राखे सरकारसँग यस्तो माग

बुधबार, ०९ फागुन २०७४, १३ : ४५
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरुले आफूहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन । सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै नयाँ सरकारलाई पनि दबाब दिन सुरु गरेका हुन ।

नयाँ सरकारले पनि आफूहरुको माग सम्बोधन नगरे कडा संघर्षमा जान बाध्य हुने काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले चेतावनी दिए । उचित विकल्प तयार नभई सडक विस्तारको नाममा आफूहरुको बास समेत उठाएको भन्दै पीडितहरुले विगत २ वर्षयता सरकारविरुद्ध संघर्ष गर्दै आएका छन ।

उनीहरुले नगर विकास प्राधिकरणले कामै नगरेको भन्दै तत्काल खारेज गर्न पनि माग गरे । दबाब अभियानमा सहभागी बृद्धबृद्धाहरुले आफूहरुलाई बुढेसकालमा घरबारबिहिन बनाएकाले सरकारबिरुद्ध संघर्ष गर्नु परेको बताएका छन । स्थानीय नेताहरुले समेत आफूहरुलाई दुःख दिने गरेको पीडितको गुनासो छ ।

सडक विस्तार गरेपनि त्यसको उचित क्षतिपूर्ति नपाएपछि काठमाडौं उपत्यकाबासीले सरकारबिरुद्ध संघर्ष गर्दै आएका हुन । उनीहरुले संवैधानिक व्यवस्थाअनुसार पनि बास बस्न पाउने नागरिकको हक खोस्ने अधिकार कसैलाई पनि नरहेको दाबी गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप