रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा २ सय ५० सर्वसाधारण मारिए
एजेन्सी– दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २ सय ५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा यो एक रक्तपातपूर्ण कारबाहीको रुपमा रहेको छ । विद्रोहीको बलियो प्रभाव रहेको यस इलाकामा विद्रोहीलक्षित मङ्गलबार गरिएको सो हवाई कारबाहीमा १९ बालबालिकासहित कम्तीमा १०६ सर्वसाधारण मारिएका अब्जरभेटरी जनाएको छ । त्यसैगरी सोमबार पनि गुटामा भएको हवाई कारबाहीमा परी १२७ भन्दा बढी व्यक्ति मारिएका थिए ।
सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ । यस यस प्रंकारको बमबारी रोक्न संयुक्त राष्ट्रसंघका एक अधिकारीले आग्रह गरेका थिए । हाल त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया उनले दिएका थिए ।
गुटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले प्रयास जारी रहेको र यसमा रुसको पनि सहयोग रहेको छ । सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।
सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट्स हाबी हुँदै गयो । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौं घाइते भएका छन भने, लाखौं घरबार बिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा