मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

समायोजनमा कर्मचारीको अत्तो - एक तह बढुवा र अतिरिक्त भत्ता माग

बिहीबार, १० फागुन २०७४, ०७ : ४७
बिहीबार, १० फागुन २०७४

निजामती कर्मचारी संगठनहरुले प्रदेश र स्थानीय तहमा समायोजन गर्दा एक तह बढुवा र आतिरिक्त भत्ता  नभएसम्म काममा नजाने अत्तो थापेपछि प्रदेशमा काजमा खटाएका कर्मचारी कार्यक्षेत्र पुगेका छैनन्।

 प्रदेशमा पठाउँदा सचिवलाई प्रदेश मुख्य सचिव र सहसचिवलाई  प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारी दिएको तर अन्य पदकालाई भने बढुवा नदिएको भन्दै कर्मचारी संगठन प्रदेश र स्थानीय तहमा जान मानेका छैनन्।

कर्मचारी संगठनले सबै कर्मचारीले एक तह बढुवा र आतिरिक्त भत्ता मागेका कारण सरकारलाई स्थायी समायोजन सुरु गर्न र अस्थायी समायोजनका लागि खटाउन कठिन भएको हो।

महिनौं पहिले प्रदेश र स्थानीय तहमा सरुवा गरिएका कर्मचारी अटेर गर्दै केन्द्रमै बसेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप