शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

६० बर्षपछि घर फर्किए राई

बिहीबार, १० फागुन २०७४, १२ : ३६
बिहीबार, १० फागुन २०७४

रामहरि श्रेष्ठ, ओखलढुंगा– भनिन्छ,मुग्लान भासिएको छोरो एक न एकदिन घर फर्किन्छ । यहि भनाईलाई सार्थक तुल्याउँदै ओखलढुंगाका एक बृद्ध ६० बर्षपछि आफ्नो घर खोज्दै स्वदेश फर्केका छन् । 
हालको सिद्धिचरण नगरपालिका ३ अधेँरी नारायणस्थान स्थाई घर भएका ७८ बर्षिय दिक्पाल राई बृद्ध अवस्थामा घर खोज्दै स्वदेश फर्केका हुन् ।

वि.स १९९७ सालमा जन्मेका दिक्पाल ६० बर्षअघि घर छोडेर बिदेशीएका थिए । २०१४ साल मंसिर १३ गते गोर्खा लाहुरे बन्ने सपना बोकेर दार्जीलिंङ हुईकेका थिए दिक्पाल । गोर्खा लाहुरे बन्ने सपना बोकेर हिँडेका राइको प्रयास भने सफल हुन सकेन । बरु, उनी भारतीय पैदल सेना अन्तर्गत ग्रिनेडिएर रेजिमेन्टमा सिभिल कुक बने ।

त्यसपछि उनी आसाम गोवाहीटीमा बसेर ज्याला मजदुरी, ज्यामी, चौकीदार र व्यापारी बन्दै उनी भारतीय आप्रवासी नेपाली नागरिक बनिसकेका थिए । तर, ६० बर्षपछि राई नातिको साहाराले पुख्यौली घर खोज्दै ओखलढुंगा आईपुगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप