शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

बुधबार, २१ चैत २०७४, १८ : १६
बुधबार, २१ चैत २०७४

लमजुङ । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । 

सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर मृत्यु 

चट्याङ लागेर दोर्दी गाउँपालिका–६ कर्ती गाउँका बलबहादुर घलेको मृत्यु भएको छ । 

गाउँभन्दा एक घण्टा टाढा लेकमा गाईगोठमा बसेका बेला परेको चट्याङबाट चार गाई पनि मरेको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप