शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा साहित्य सन्ध्या र पुरस्कार सुशोभन

शुक्रबार, २३ चैत २०७४, १८ : ३६
शुक्रबार, २३ चैत २०७४

लण्डन–बेलायतस्थित नेपालीहरुकोे साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा साहित्यिक कार्यक्रम, पुरस्कार सम्मान् र सुशोभन लगायतका विविध कार्यक्रम गरेको छ ।
लण्डनस्थित एक रेस्टुरेन्टमा भएको नव वर्ष उत्सव तथा २९औं साहित्य सन्ध्या समारोहमा पुरस्कार शुसोभन् कार्यक्रममा परिषद्का पदेन संरक्षक वरिष्ठ साहित्यकार तथा नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले परिषद्ले नेपाली भाषा साहित्यप्रति देखाएको स्नेहलाई स्वागत गर्दै नेपाली पहिचान जोगाउन सवैको प्रयस जरुरी रहेको बताए । 
कार्यक्रममा परिषद्का सल्लाहकार यती संस्थाका पूर्व अध्यक्ष बरिष्ठ डा.राघब प्रसाद धिताल यती नेपाली एशोशिएसन  यूकेका अध्यक्ष शशिधर नेपाल, परिषद्का संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेश जंग शाह, कवि रेशम अर्याललगायतको उपस्थिति थियो ।
समारोहमा नेपाली भाषा साहित्य अभिवृद्धीमा उल्लेखनिय योगदानतर्फ एन एल डि सि गोल्ड मेडल दोस्रो २०१६र१७ बाट कवि हरिविभोर कार्की अल्डरसर्ट  र नेपाली साहित्य पुरस्कार २०१६ र१७ बाट कृतिकारहरू द्वय कवि तथा गीतकार घनबहादुर थापा मगर (मेरो चिनो मेरो देश कविता संग्रहमा) र कवि तथा कथाकार हरिसिँह थापा ( नम्रताको कार्डिगन कथा संग्रहमा) लाई प्रदान गरिएको थियो ।
सहभागी कविहरू वसन्त रायक्षेत्री,,घन बहादुर थापामगर,वासु शर्मा, श्रीमती शर्मा,विस्वासदीप तिगेला,मनोज अन्जान, रेशम अर्याल, दुत पुन, खगेन्द्र नेपाली, डा.सुधा श्रेष्ठ, केशव पुडासैनी, कोमल प्रसाद श्रेष्ठ मल्ल,फडिन्द्र भट्टराई, माधव प्रसाद पौडेल, ज्ञानेन्द्र रावत, डम्बर सिँहलगायतले कविता बाचन गरेका थिए ।क
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप