शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१९ का दुलहा, ७२ की दुलहीः बताए आफ्नो पहिलो अनुभव

आइतबार, ०९ वैशाख २०७५, १२ : ५७
आइतबार, ०९ वैशाख २०७५

भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेम गर्नेहरुले जात, धर्म, धनी, गरिब, पेशा, रङ, उमेर केही पनि हेर्दैनन् । हो, त्यस्तै भएको छ अमेरिकाको एक जोडीलाई जसले वास्तवमा नै आफ्नो उमेरलाई प्रेमको बाधक बन्न दिएनन् ।

१९ वर्षीय एक किशोर आफूभन्दा ५३ वर्ष जेठी महिलासँग विगत दुई वर्षदेखि विवाह बन्धनमा बाँधिएका छन् ।

ग्यारी हार्डविकले पेन्सन पाइसकेकी अल्मेडालाई दुई वर्ष अघि भेटेको दुई हप्तापछि विवाह गरे ।

आफू १७ वर्षको हुँदा ७७ वर्षे महिलासँग सम्बन्ध बिग्रिरहेका बेला ६ जना नातीनातिना भएकी अल्मेडालाई देख्ने बित्तिकै मनपराएको उनले सम्झिए ।

अमेरिकाको टेनिसीस्थित मेरीभिलमा बस्ने यो जोडी एक अर्कासँग निकै खुसी भएको बताउँछिन् ।

गेरी भन्छन्, ‘अल्मेडाको सुन्दर, उत्कृष्ट निलो आँखा र पर्सनालिटीले मलाई सुरुमा नै आकर्षित गर्यो ।’

‘उनी सधैं खुसी रहन्छिन् । हामी एक अर्कासँग निकै जोडिएका छौं । हामीबिचको केमेष्ट्रि निकै राम्रो छ ।’

‘पहिलो दिनदेखि नै उनको सबै कुराले मलाई आकर्षित गरिरहेको छ ।’

अल्मेडा थप्छिन्, ‘यदि तपाईं कसैलाई साँचो माया गर्नुहुन्छ भने उमेर त एउटा संख्या मात्र हो । अहिले म विगत दुई वर्षदेखि मेरा सोलमेटसँग सुखी र खुसी वैवाहिक जीवन बिताइरहेकी छु ।’

‘हाम्रो भेट पिट्जा पसल चक इ चिजमा भएको हो जहाँ बर्थडे पार्टी थियो । मैले उनको आँखामा हेरें र यत्तिकै मलाई उनको माया लागेर आयो ।’

‘मलाई लाग्यो कि उनी नै ती व्यक्ति हुन् जोसँग म आफ्नो बाँकी जीवन बिताउन चाहन्छु । उमेरका कारण म कहिले पनि उनीसामू लज्जित हुनु परेन ।’

५३ वर्षको अन्तराल भएपनि ग्यारी र एल्मेडाको उस्तै रुची र बानी छ ।

‘अल्मेडासँग विवाह गरेकोमा मैले केही कुरा मिस गरिरहेको छु भनेर कहिले महसुस गर्नु परेन,’ ग्यारी भन्छन् ।

‘ म कहिले पनि जवान युवतीप्रति आकर्षित भइनँ । म १३ ÷ १४ वर्षको हुँदादेखि नै वयस्क महिलाप्रति म आकर्षित हुन्थें ।’

‘धेरै मानिसहरु विवाह गर्न वर्षौं पर्खन्छन् । यसबारे विभिन्न मानिसको भिन्न धारणा छ । तर हामी प्रेममा छौं भन्ने थाहा थियो त्यसैले विवाह गरिहाल्यौं ।’

‘हामीले विवाहको दिन शारिरिक सम्बन्ध स्थापित गर्यौं । त्यो निकै गज्जबको अनुभव रह्यो । हामीबिच निकै गहिरो कनेक्सन थियो । उनी उत्कृष्ट प्रेमिका हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप