शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहा समाजको साधारणसभा सम्पन्न

आइतबार, ०९ वैशाख २०७५, १४ : ३९
आइतबार, ०९ वैशाख २०७५

सिरहा– २०३८ सालमा गठन भएको सिरहा समाज सेवाको साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले विष्णु साहको संयोजकत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा निरु कार्की, सुदीप बास्कोटा, शम्भु साह उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा मदन कोइराला, सचिवमा प्रविण यादव, कोषाध्यक्षमा जितबहादुर सापकोटा, सहकोषाध्यक्षमा सुमन मिश्र चयन भएका छन् । 

नवनिर्वाचित अध्यक्ष साहले गराएको जानकारीअनुसार सदस्यहरुमा रामनारायण सुनिल, महेश्वर महतो, हिमा दहाल, डा. अनिस झा, रन्जु दास, श्रवणकुमार साह, रामशोभित नायक, अनिल महासेठ, अशोक कुमार झा, अवधेश मण्डल, फूलकुमारी पञ्जियार, विवता दास कर्ण, सीता न्यौपाने र सुधिर सापकोटा रहेका छन् । 

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सिरहाको विकास र समृद्धिका लागि आफूबाट कुनै कसर बाँकी नरहने धारणा राखे । सिरहा पर्यटकीय स्थलको सम्भावना भएको जिल्ला भएको बताउँदै उनले त्यसका लागि धेरै काम गर्न सकिने भन्दै उनले आफू प्रतिनिधिसभा सदस्यको हैसियतले त्यो काम गर्न प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष एवं प्रदेश २ का अर्थमन्त्री विजय यादवले नेपालको सगरमथा चढ्ने एडमण्ड हिलारी र तेञ्जिङ् दोर्जे शेर्पाले सगरमाथाको चुचरोमा पुग्नका लागि सिरहाको बाटो प्रयोग गरेको दावी गरे । 

यस विषयलाई प्रचार–प्रसार गरि पर्यटकीय क्षेत्रमा राम्रो काम गर्न सकिने उनले बताए । दुई नम्बर प्रदेश सरकारले सगरमाथा चढ्ने बाटोलाई प्रचार प्रसारमा ल्याएर पुनः सोही बाटो प्रयोग गर्नका लागि पर्यटकहरुलाई प्रेरित गर्ने उनले धारणा राखे । 

कार्यक्रममा उद्योगपति उपेन्द्र महतोले सिरहा विकासको मामलामा सम्भावना भएको जिल्ला हो, इच्छा शक्ति भयो भने त्यहाँ धेरै गर्न सकिने धारणा राखे । उनले भने, अरुलाई केही सल्लाह दिनुभन्दा पहिला आफूमा लागु गर्नुपर्ने हुन्छ ।

फलानो ठाउँमा विकास भएन, फलानो ठाउँ धेरै पिछडिएको छ भनि आलोचना गर्नुभन्दा पहिले आफूले त्यस ठाउँका लागि के के गरे त्यो विचार गर्नुपर्छ अनि मात्र विकास हुन्छ ।’
विकास भनेर होइन गरेर हुन्छ भन्दै उनले साक्षर दर बढाउनका लागि एक एकजना विद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्न पनि आग्रह गरे ।

 कार्यक्रमा राजपा नेपालका सहमहासचिव सुरेश मण्डल, पूर्व प्रहरी आइजीपी उपेन्द्रकान्त आर्याल, प्रदेश २ का सांसद एवं एमाले सिरहाका अध्यक्ष प्रमोद साह, अन्जनीकुमार दास लगायतले शुभकामना दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप