कुमारी बैंक र एनएलजी ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
मङ्गलबार, ११ वैशाख २०७५, १३ : ०५
काठमाडौं– कुमारी बैंक र एनएलजी इन्स्योरेन्स बम्पनबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना र ईन्स्योरेन्सका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जिवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएकोे बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।