शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एकाएक किन नरम बने किम ? : यस्ता छन् तीन सिद्धान्त

बुधबार, १२ वैशाख २०७५, ११ : १५
बुधबार, १२ वैशाख २०७५


वासिङटन । उत्तर कोरियाली नेता किम जोङ्ग उनले दक्षिण कोरियाली नेता मून जाइ–इनलाई दुई देश छुट्याउने गैरसैनिक क्षेत्रमा भेट्दै छन् ।
दुई देशको शीर्ष नेताहरुबीच सन् २००७ पछि हुन लागेको यो ऐतिहासिक सम्मेलन अभुतपूर्व अन्तराष्ट्रिय कुटनीतिक सक्रियता पछि सम्भव भएको हो । यो अवधीमा किम वर्षौको एकांकीपनपछि विश्व मञ्चमा

सहभागी हुन उठेको देखियो ।

मूनसँगको शिखर वार्ता पछि किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि वार्ता हुने तालिका छ । पुस्तौँ पछिको सबैभन्दा महत्वपूर्ण यो भेटघाट मे वा जुनको शुरुतिर भेट हुदैछ ।

प्योङ्गयाङ्गको यो सक्रिय कुटनतिक प्रयास सन् २०१७ को उसको नीतिबाट नाटकिय बहिरगमन हो । त्यो वर्ष उत्तर कोरियाको आफ्नो आणविक हतियार विकास कार्यक्रमले संसारभर ठूलो होहल्ला मच्चाएको थियो । त्यो क्रममा उसले जापानको आकासबाट मिसाइल उडाउनेदेखि अमेरिको भूभाग ग्युममा आक्रमण गर्न सक्ने धम्की दिने कार्य ग¥यो । निकै आक्रामक देखिएका किम अहिले उनी त्यसको ठीक १८० डिग्री डिग्री परिवर्तन भएर नरम देखिएका छन् ।

त्यसो भए किमलाई के कुराले वार्ताको टेबलमा ल्यायो त ? उनी सबलता वा कमजोरीमा कुन अवस्थामा वार्तामा आएका छन् ? यहाँ तीन विज्ञले आफ्नो धारणा राखेका छन् ।

सिद्धान्त १ : उत्तर कोरियाको अर्थतन्त्र निक्कै कमजोर अवस्थामा छ ।

–जर्जटाउन विदेश सेवा संकायका सहायक प्रध्यापक विलियम ब्राउन

किम अहिले आर्थिक रुपमा निक्कै कमजोर छन् । यसको मतलब उनी कमजोर अवस्थामा वार्तामा आएका छन् ।

यो वर्ष हामीले उसको चीनसँगको व्यापार बिग्रेको देख्यौँ । उत्तर कोरियाको चीन तर्फको निर्यात एक वर्षमा ९५% ले कमी आएको छ । आयात पनि एक तिहाईले कमी भएको छ । उसँग दीर्घकालिन मेसिन, अन्न, पेट्रोलियम पदार्थ र बाहनहरु लगभग केही छैन ।

यो जानकारी चीनले प्रदान गरेको आधिकारिक सूचना हो जुन पूर्ण रुपले सही नहुनसक्छ । तर यो तथ्य बेइजिङ्गले अरुलाई सुनाउन चाहेको कुरा हो जुन आफैमा प्योङ्गयाङ्गको लागि संकट हुन सक्छ । उत्तर कोरियाको वैदेशिक व्यापार सम्भवत कोरियाली युद्ध पछि सबैभन्दा कमजोर अवस्थामा आइपुगेको छ । उत्तर कोरिया तिनका नेताले भनेजस्तो कुनै हिसाबमा पनि आत्मनिर्भर छैन, विशेष खाना, इन्धन र मेसिनहरुमा ।

आन्तरिक रुपमा अर्थतन्त्रले निक्कै दबाब झेलेको छ । अनाधिकृत रुपमा डलर र चिनियाँ मुद्राहरुको प्रयोग बढीरहेको छ जसले बजार क्रियाकलाप र निजी क्षेत्रको उत्पादनशीलतामा महत्वपूर्ण सुधार ल्याएको छ । तर यसका साथसाथै यसले शासनमा ठूलो समस्या निम्त्याइरहेको छ । जो निजी क्षेत्रले सरकारी नियन्त्रणलाई चुनौती देला भनेर चिन्तित छ ।

यसले गर्दा आन्तरिक ऋण र मुद्रास्फिर्ती नियमन गर्न गाह्रो भएको छ । किनकी मानिसहरु जुन सुकै समय उत्तर कोरियाली मुद्रा (ओनलाई) डलरमा बदल्न सक्छन् । यसले मुद्रा धरासायी हुन सक्छ जसलाई बाहिरबाट प्रभाव पार्न सकिन्छ ।

कमजोर राज्य अर्थतन्त्रको कारण किमलाई ट्रम्पको उग्रतामा घुँडा टेक्नुप¥यो । यही कारणले उनले सियोल र वासिन्टनतर्फ हात बढाउनुप¥यो र बेइजिङ्गसम्म ट्रेन समात्नुप¥यो ।

हामीलाई किमले सीसँग के विषयमा छलफल गरे थाहा छैन तर उनले शिखर वार्तामा इमान्दार रहे बापत नाकाबन्दीमा केही राहत दिन भनेको हुनुपर्छ ।

चीनले जुनसुकैबेला तेलको निर्यात बन्द गर्न सक्छ भन्ने प्योङ्गयाङ्गलाई थाहा छ । त्यो अवस्थामा मुद्रास्फिर्ती निक्कै बढ्नेछ । किम यो खतरा निम्त्याउने हदसम्म मुर्ख छैनन् । त्यसैले उनी वार्ताको टेबलमा आउनै पथ्र्यो ।

यसले अमेरिकालाई उत्तर कोरियामा ठूलो प्रणालीगत परिवर्तन गने अबसर प्रदान गरेको छ । यसमा त्यहाँको अत्यन्त नियन्त्रित खालको निर्देशित अर्थव्यवस्था र सामाजिक प्रणाली पनि समावेश हुनेछ जसले बाँकी विश्वसँग सामान्य सम्बन्धमा पनि अबरोध पु¥याइरहेको छ ।

बटमलाइन : यो किम इल सङ्गको मृत्यु, भोकमरी र सोभियत संघको पतनमा फाइदा लिन नसकेको पुस्तौँमा आउने उत्कृष्ट अवसर हो । किमले आफ्नो आणविक हतियार अरुलाई दिन तयार नहुन सक्छन् तर उनी तिनलाई काम नलाग्ने गराउन तयार हुन सक्छन् । हामीहरुसँग वार्तामा लाभमा हुनेछौँ । हामी फाइदाको अवस्था हुनसक्छौं भन्नुको अर्थ यो सजिलो हुने छ भनेको होइन ।

सिद्धान्त २ : आणविक हतियारले किमलाई शक्तिशाली बनाएको छ 

–जिन एच ली, कोरियाली इतिहास र सार्वजनिक नीतिको लागि हुन्डे मोटर कोरिया फाउण्डेशन केन्द्रकी निर्देशक

किम जोङ्ग उन नेतृत्वमा आएको छ वर्ष पछि विश्वमञ्चमा आउनु निक्कै ख्याल गरेर तयार पारिएको र प्रणालीगत रुपमा सञ्चालन गरिको राजनैतक रणनीति हो ।

आणविक कार्यक्रम भएको र आफ्नो नागरिकको प्रतिरक्षा गर्न सक्ने सैन्य नेताको हैसियत बनाएर उनी हाल आफ्नो ध्यानलाई अन्तराष्ट्रिय सम्बन्धमा दिएका छन् । उनी विश्व मञ्चमा आउदा पारिवारिक रुपमा नेतृत्व पाएका एक दरिद्र मुलुकको युवा नेताको रुपमा मात्र होइन विश्व सुरक्षामा वास्तविक खतरा पु¥याइरहेको आणविक हतियार कार्यक्रम भएको नेताको रुपमा आएका छन् ।

उनी आफ्नो आणविक कार्यक्रमका कारण विदेशी नेताहरुबाट बारबारको हैसियतमा व्यवहार गरिनेमा ढुक्क छन् । उनी अमेरिकासँग कमजोर राष्ट्रको रुपमा होइन समान रुपमा वार्ता टेबलमा बस्छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मून र विश्वको सबैभन्दा शक्तिशालि राष्ट्रको नेता ट्रम्पसँग वार्तामा बस्नुनै उनको देशमा जितको रुपमा हेरिनेछ । न उनको पिता न हजुरबुवाले नै बहालवाला अमेरिकी राष्ट्रपतिसँग वार्ता गरे ।

निश्चित रुपमा उनको यो सबल अवस्था प्रोपागान्डाको हिसाबमा मात्र हुनेछ तर किमले उत्तर कोरियामा आफ्नो प्राधिकार र नेतृत्वको प्रश्न निविवाद हुदैन भन्ने ख्याल गर्नुपर्छ । प्योङ्गयाङ्गले यसलाई जसरी देखाए पनि यथार्थमा उत्तर कोरिया एक बाह्य अनुदान अत्यन्त आवश्यक भएको गरिब देश हो ।

बटमलाइन : किम आणविक हतियारलाई दक्षिण कोरिया र अमेरिकासँगको वार्तामा आफ्नो अढान बलियो बनाउन प्रयोग गरेर निक्कै खतरानाक खेल खेलिरहेका छन् । 

सिद्धान्त ३ : किम केही समय युद्ध पन्छाउने खेल खेलिरहेका छन् ।

–एडम्स माउन्ट, फेडरेशन अफ अमेरिकन साइन्टिस्टको सुरक्षा परियोजनाका शिर्ष विज्ञ तथा निर्देशक

जब किम मून र ट्रम्पसँग वार्ता गर्न आउछन् उनीसँग जित्नका लागी थुप्रै बाटाहरु हुनेछ ।

किमले नाकाबन्दी खुकुलो बनाउन प्रयास गर्नेछन् । उनी आफ्नो आणविक र मिसाइल कार्यक्रममा अत्यन्त कम बन्देजको प्रस्ताब गरेर अमेरिकी–दक्षिण कोरियाको सैनिक गठबन्धनलाई क्षेति पु¥याउन सक्छन् ।

यो कुटनीतिक प्रयासहरु खासमा उसको समय लिने खेल हो । प्योङ्गयाङ्गले युद्ध हुने सम्भावना अत्यन्त उच्च अवस्थामा पुगेको हिसाब गरेको हुनुपर्छ, त्यसैले उसको मुख्य रणनीति भनेको ट्रम्पको पहिलो कार्यकालसम्म समय लम्बाउने हुन्छ । ट्रम्पले विभिन्न धम्की, सैन्य प्रदर्शन र उच्च पदहरुमा हार्डलाइनरहरुलाई मनोनयन गरेर उत्तर कोरियामाथि दवाव बनाइराखेका छन् ।

यदी कुनै ठूलो युद्ध भएमा उत्तर कोरियाले दक्षिण कोरियाली, जापानी र अमेरिकी नागरिकहरुमा उलेख्य क्षति पु¥याउनेछ । तर उत्तर कोरियाले पनि निक्कै ठूलो क्षति भोग्नेछ । यसका नेताले शक्ति वा जीवनबाटै हात धुनुपर्ने हुनसक्छ ।

समय घर्काउनका लागि उत्तर कोरियाले आफ्नो आणविक र मिसाइल परिक्षण कार्यक्रममा नरम खालको अस्थायी सहुलियत दिन सक्छ । उसले यी कार्यहरु अमेरिकी राष्ट्रपतिले अमेरिकाको सफलता मानुन भनेर सांकेतिक रुपमा दिन सक्छन् । अथवा जटिल प्राविधिक छलफलमा वार्ताकारहरुलाई अलमल्याउन सक्छन् ।

जुनसुकै अवस्थामा कुटनैतिक र सैन्य कारबाहीले तत्कालै वा पूर्ण रुपमा उत्तर कोरियाली आणविक कार्यक्रम समाधान गर्छ भन्नु भ्रम मात्र हो ।

बटमलाइन : यदी प्योङ्गयाङ्गले समय बचाउन खोजेको हो भने अमेरिकाले पनि त्यो समयबाट फाइदा लिन सक्नुपर्छ । उसले अमेरिकाको मित्रहरुको भूभागमा उत्तर कोरियाको हमलाको खतरालाई कढा रुपमा नियन्त्रण गर्न माग गर्न सक्छ । त्यो अवधीमा उसले नियन्त्रणमुखी सम्झौता गर्न सक्छन् ।

उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रम अगाडी नबढेसम्म समय सबैको हितमा हुन्छ । अर्थपूर्ण परिणमले मात्र अमेरिका र यसका मित्रशक्तिहरुलाई बढी सुरक्षित बनाउनेछ । यदी ट्रम्प यसो गर्न सफल भए भने उनलाई विजयी मान्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप