शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘ड्रिम गर्ल’को स्वदेशभन्दा पहिले विदेशमा ‘शो’

बिहीबार, १३ वैशाख २०७५, २० : ०६
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं । ‘ड्रिम गर्ल’ चलचित्रको प्रदर्शन मिति हेरफेर भएको छ । निर्देशक ऋषिराज आचार्यले फस्टलुक पोस्टर सार्वजनिक गर्दै ‘ड्रिम गर्ल’ स्वदेशमा १९ असोजमा दर्शक माझ आउने जानकारी दिए ।

दुई करोडभन्दा बढी लगानी बताइएको चलचित्र स्वदेशभन्दा पहिले विदेशमा देखाइने निर्देशक आचार्यको भनाई रहेको छ । प्रेमकथानक फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा ‘गैंडा’, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । 

आरबी मूभिजको ब्यानरमा बनेको चलचित्रका निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल हुन् । निर्देशक ऋषिराजले ‘ड्रिम गर्ल’ को विदेशमा निकै डिमाण्ड भएकाले पहिला देशबाहिर प्रदर्शन गर्न लागिएको जानकारी दिए । 

काठमाडौं, मुस्ताङ तथा थाइल्याण्डका विभिन्न स्थानमा खिचिएको फिल्मको सह–निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् ।

‘चलचित्रको विदेशबाट निकै माग आइरहेको छ । त्यसैले हामीले प्रदर्शन मिति केही पर सारेका हौं,’ निर्देशक आचार्य भन्छन्, ‘फिल्म पहिला अष्ट्रेलिया, युरोप तथा  खाडी मुलुकहरुमा प्रदर्शन गर्दैछौं ।’ 

उनका अनुसार ‘ड्रिम गर्ल’को जुन महिनाको दोस्रो साता कतार र तेस्रो साता पोर्चुगर्लमा बिशेष ‘शो हुने पक्का भइरहेको छ । अमेरिका, जापान, हङ्कङ, कोरियालगायतका देशमा पनि प्रदर्शन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप