शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चमा आक्रमण हुँदा सात जनाको मृत्यु

बिहीबार, १३ वैशाख २०७५, २० : ५७
बिहीबार, १३ वैशाख २०७५

नाइजेरिया । नाइजेरियाको मध्य उत्तरी क्षेत्रस्थित बेन्यु राज्यमा रहेको एक चर्चमा अपरिचित एक बन्दूकधारीले प्रार्थनाका लागि चर्चमा रहेको एक समूहमागि अन्धाधुन्ध चलाउँदा कम्तिमा सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

एक सशस्त्र व्यक्ति चर्चमा पसी चलाएको गोली लागि सात जनाको मृत्यु भएको र अन्य केही घाइते भएका प्रहरीले जनाएको छ । तर प्रहरीले घाइतेको सङ्ख्या एकीन भैनसकेको जनाएको छ । 

स्थानीयबासीले घटनामा अन्य नाइजेरियाली आक्रमणमा जस्तै चौपाया लुट्न सक्रिय एक समूहको योजना अन्तर्गत उक्त व्यक्तिले गोली चलाएको हुनसक्ने आशङ्का गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप