शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा राष्ट्रिय फोटो पत्रकारिता सम्मान कार्यक्रम

शुक्रबार, १४ वैशाख २०७५, १० : ०७
शुक्रबार, १४ वैशाख २०७५

काठमाडौँ । नेपाल फोटो पत्रकार समूहले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट ‘दि हिमालयन टाइम्स’का फोटो पत्रकार स्कन्द गौतम सम्मानित भएका छन्। 

आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले उनलाई वर्षको उत्कृष्ट फोटो पत्रकारिता पुस्कारबाट सम्मानित गरे । पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ । 

राजनीतिक फोटो विधातर्फ राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ सम्मानित भए । रु २५ हजार नगद, सम्मानपत्रबाट सभामुख महराले उनलाई सम्मान गरेका हुन् । 

यस्तै ‘स्वतन्त्र फोटो पत्रकारिता’ पुरस्कारबाट नरेशकुमार श्रेष्ठ, खेलकुद फोटो पत्रकारितातर्फको पुरस्कार कान्तिपुरका पंकज श्रेष्ठ र मनोरञ्जन विधातर्फ डिसी नेपालका आर्यन धिमाल पुरस्कृत भए । 

यसैगरी ‘मोफसल फोटो पत्रकारिता पुरस्कार’बाट कान्तिपुर दैनिकका मनोज पौडेल सम्मानित भए । 

त्यस्तै ‘महिला फोटो पत्रकारिता पुरस्कार’बाट नयाँ पत्रिका दैनिककी चन्द्रकला श्रेत्री, ‘व्यावसायिक फोटो पत्रकारिता पुरस्कार’बाट आर्थिक अभियान दैनिकका सागर श्रेष्ठ र दैनिक ‘जनजीवन फोटो पत्रकारिता विधा’मा दि हिमालयन टाइम्सकै स्कन्द गौतम पुरस्कृत भए । 

यस्तै ‘क्रियाशील फोटो पत्रकारिता’को पुरस्कार धादिङ पोस्ट डटकमका नारायण सिलवाल, ‘अनलाइन फोटो पत्रकारिता विधा’तर्फ प्रविन कोइराला र ‘पर्यटन तथा संस्कृति फोटो पत्रकारिता’तर्फ राजधानी दैनिकका सुशीलकुमार श्रेष्ठ पुरस्कृत भए । सबै विधाका पुरस्कृत फोटो पत्रकारको पुरस्कारको राशि रु २५ हजार नगद, प्रमाणपत्र रहेको छ । 

यस्तै लाइफ टाइम्स अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार पुरस्कृत हुनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले जोखिमपूर्ण काम भए पनि फोटो पत्रकारले सत्यको उजागर गर्ने भएकाले आगामी दिनमा थप सफलताको कामना गरे । 

उनले इतिहासको साक्षीका रुपमा रहने फोटो पत्रकारको मेहनत, कला र सीपको सम्मान गर्दै आगामी दिनमा थप सशक्त बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनार र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालगायतको पनि उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप