शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महंगियो डलर, यस्तो छ शुक्रबारको विदेशी मुद्रा सटहीदर

शुक्रबार, १४ वैशाख २०७५, १० : २८
शुक्रबार, १४ वैशाख २०७५

काठमाडौँ । अमेरिकन डलर थप बलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरीकी डलरको बिक्रीदर १०७.११ रुपैयाँ तोकेको छ ।  यद्यपि, बिहिबारको तुलनामा भने डलर २४ पैसाले सस्तिएको हो । 
बैशाख यता डलर निरन्तर बलियो बन्दै गएको छ । डलर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदा नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देश भने प्रभावित हुनेछ । 

यस्तै नेपाल राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२९.७७ रुपैयाँ र बिक्रीदर १३०.५० रुपैयाँ तोकेको छ ।  अ

ष्ट्रेलियन एक डलरको खरिददर ८०.७५ रुपैयाँ र बिक्रीदर ८१.२१ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको  खरिददर ८३.३ रुपैयाँ र बिक्रीदर ८३.५० रुपैयाँ रहेको छ ।

यता एक कतारी रियालको खरिददर २९.२५ रुपैयाँ र बिक्रीदर २९.४२ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.१९ रुपैयाँ र बिक्रीदर २७.३४ रुपैयाँ र कुवेती एक दिनारको खरिददर ३५४.३२ रुपैयाँ र बिक्रीदर ३५६.३१ रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप