शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच दिनदेखि मरेको बच्चा पेटमा

शुक्रबार, २१ वैशाख २०७५, १७ : २२
शुक्रबार, २१ वैशाख २०७५

दैलेख– दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोशेरीकी नन्दकली विक (चाकुरी) का पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा रहेका छन् । उनीहरुले मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि आएका छन् । 

दैलेखको ठाँटीकाधमा जाँच गराउँदा डाक्टरले पेटमा रहेका बच्चाको मृत्यु भएको बताएपछि विक अस्पतालमै उपचारका लागि भर्ना भएकी छन् ।  वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उनका श्रीमान् हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा आएका हुन् । 

सुर्खेतको विरेन्द्रनगरमा १९ गते पुनः भिडियो एक्सरे गर्दा दुईवटै बच्चा मृत भएको जानकारी अस्पतालका डाक्टरले दिएको विकका श्रीमान् हरिले बताए । अस्पतालले औषधि किनेर ल्याउनुस् मृत बच्चा निकाल्नुपर्छ भनेको र अहिलेसम्म पनि चाकुरीको शल्यक्रिया हुन नसकेको उनले बताए । अस्पतालले भने अवस्था हेरेर शल्यक्रिया गरिने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप