ओखलढुंगामा एक महिला ३ दिनमा २ जनाबाट बलात्कृत
बुधबार, २६ वैशाख २०७५, ११ : २६
रामहरि श्रेष्ठ
ओखलढुङगा । ओखलढुंगामा एक जना महिला तीन दिनमा दुई ब्यक्तिबाट बालात्कृत भएको खुलासा भएको छ ।
पीडितले प्रहरीमा गत फागुन २३ र २५ गते फरकफरक स्थानमा दुई ब्यक्तिबाट आफू बालात्कृत भएको उजुरी दर्ता गराएपछि यसको रहस्य खुलेको हो ।
तर, पीडितले घटना भएको लामो समयपछि अर्थात बैशाख १७ गतेमात्रै उजुरी दर्ता गरेकी छन् ।
घटना भएको लामो समयपछि उजुरी दर्ता भएपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उजुरी दर्तापछि आरोपित दुई जनालाई प्रहरीले गत सोमबार नै पक्राउ गरी हिरासतमा राखेको जनाएको छ ।
उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।
घटनाबारे अनुसन्धान भैरहेको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।