राष्ट्रिय राजनीतिमा देश बनाउने र आफू बन्ने प्रवृत्ति देखियो : प्रदीप ज्ञवाली

सुर्खेत । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा देश बनाउने र आफू मात्र बन्ने प्रवृत्ति देखिएको बताएका छन् ।
स्थानीय विकास विभागको आयोजना सुर्खेतमा सुरु भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै उनले एमालेलाई मन्त्री, प्रधानमन्त्री पदको चिन्ता नरहेको बताए ।
‘हामीलाई मन्त्रालय, प्रधानमन्त्रीको चिन्ता छैन । देश बनाउने, सुशासन, विकास र समृद्धिको अभियान कसरी अगाडि बढाउने भन्ने चासो छ,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ज्ञवालीले भने, ‘तर केही नेताहरूमा रात दिन, सपना बिपनामा पनि रोजेको मन्त्रालय र आफू प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर घुर्क्याउँदै हिँडेका छन् ।’
नेता ज्ञवालीले एमालेविरुद्धको घेराबन्दी अन्त्य गरी मुलुकलाई गठबन्धनबाट मुक्त गर्न सफल भएको बताए । मुलुकको राष्ट्रिय हितमा भएका शृङ्खलाबद्ध प्रहारलाई रोक्न वर्तमान सत्ता समीकरण सफल हुँदै गएको उनको दाबी छ । समाजवादको आधार निर्माण गर्न बलियो राष्ट्रिय शक्तिको आवश्यकता औँल्याउँदै उनले त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिले पार्टीको घोषणापत्र र कार्यदिशाको कार्यान्वयन गर्न ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।
एमाले स्थानीय विकास विभागका प्रमुख समेत रहेका राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक देवेन्द्र दाहालले प्रदेशस्तरमै प्रशिक्षण कार्यक्रम आयोजनाले जनमुखी नीति तथा कार्यक्रम र बजेट निर्माणमा टेवा पुग्ने विचार व्यक्त गरे । एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले मुलुकमा एमालेप्रति आशा एवं भरोसा जोगाउन सफल हुनुपर्ने बताए ।
उनले प्रशिक्षणले जनप्रतिनिधि र पार्टीबिच समन्वय, सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे । एमाले कर्णाली प्रदेश कमिटीको व्यवस्थापन तथा स्थानीय विकास विभागको आयोजनामा मंगलबादेखि तीन दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक, त्यही अनुसार बजेट आउनुपर्छ : अध्यक्ष ढकाल
-
भौतिक पूर्वाधारको नीति तथा कार्यक्रम पुरानै निरन्तरता
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम
-
फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
-
नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म
-
पाकिस्तानमा कार दुर्घटना, आठ जनाको मृत्यु