शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब सबै मन्त्री नेकपाका केन्द्रीय सदस्य (सूचीसहित)

मङ्गलबार, ०८ जेठ २०७५, २० : ४३
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं– केपी ओली नेतृत्वको सरकारमा रहेका सबै मन्त्री नवगठिन नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएका छन् । 
नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी छन् भने अरु २२ जना मन्त्रीहरु केन्द्रीय सदस्य मनोनन भएका हुन् । २२ मध्ये चार जना राज्यमन्त्री छन् ।
सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले १४१ जना केन्द्रीय सदस्य छनोट गर्दा मन्त्रीपरिषदका सवै सदस्य नेकपाको केन्द्रीय सदस्यमा मनोनयन भएका हुन् ।
१. केपी शर्मा ओली प्रधानमन्त्री शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या 
२ ईश्वर पोखरेल मन्त्री रक्षा,  
३ रामबहादुर थापा मन्त्री गृह, 
४ प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
५ वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
६ गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
७ मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
८ रघुवीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
९ गोकर्णराज विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१० शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण
११ लालबाबु पण्डित मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
१२ थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१३ डा युवराज खतिवडा मन्त्री अर्थ
१४ जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
१५ रवीन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१६ शेरबहादुर तामाङ मन्त्री कानुन,न्याय तथा संसदीय मामिला
१७ चक्रपाणि खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी
१८ वीना मगर मन्त्री खानेपानी
राज्यमन्त्री हरु
१ पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२ गोकुलप्रसाद बाँस्कोटा राज्यमन्त्री सञ्चार तथा सूचना प्रविधि
३ धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
४ रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप