शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विकास बैंकको घोराही र पर्सा शाखाको औपचारिक उद्घाटन

मङ्गलबार, ०८ जेठ २०७५, १७ : ५२
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं । गण्डकी विकास बैकको आज दाङ्गको घोराही र चितवनको पर्सा शाखाको औपचारिक उद्घाटन भएको छ । घोराही शाखाको उद्घाटन गर्दै घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले घोराही विकासोन्मुख शहरको रुपमा रहेको र वैक आउनु भनेको विकास आउनु भएको बताए । 

त्यस्तै गरी पर्सा शाखाको उद्घाटन गर्दै खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बैंकले एक सवल र सक्षम विकास बंैक बनेर सिमान्तकृत वर्गलाई बैंकिङ्ग पहुँच पुर्याउने विश्वास व्यक्त गरे । 

बैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका  साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्र्ने जनाएको छ । बैंकले आ.व. २०७४÷७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड पुर्याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पुर्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप