अभिनेत्री नम्रताले किन बनाइन् यस्तो लुक ?
काठमाडौं – कमै चलचित्र अभिनय गर्ने अभिनेत्रीमा पर्दछिन् नम्रता श्रेष्ठ । प्रायः प्रेमकथा बिषयमा बनेका चलचित्रमा देखिने उनी मंगलबार भने फरक गेटअफमा देखिएकी छन् । उनी मंगलबार आयोजित चलचित्र ‘जाइरा’को प्रेस मिटमा फरक गेटअपमा देखिएकी हुन् ।
हाल पोष्ट प्रोडक्शनको काम भइरहेको ‘जाइरा’मा आफ्नो भूमिका मार्शल आर्ट खेलाडीको रहेकोले अहिलेको गेटअप बनाएको उनले बताइन् । उनले भनिन् ‘चलचित्रका लागि आफ्नो लोभलाग्दो कपाल समेत छोट्याए ।’ चलचित्रका लागि श्रेष्ठले आफ्नो ५१ किलो तौलबाट घटाएर ४३ केजी बनाएकी थिइन् । ‘सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएँ, कपाल काटे, ६ महिना एक्सन सिकेँ’ उनले थपिन् ।
कार्यक्रमका चलचित्रका कलाकारलाई भूमिकाकै लुकमा प्रस्तुत गरिएको थियो । पोष्टर मार्फत कलाकारको लुक्स सार्वजनिक गर्ने परम्परा विपरित ‘जाइरा’ ले कलाकार मार्फतनै लुक सार्वजनिक गरेको हो ।
कार्यक्रममा नव अभिनेत्री सृजना रेग्मीको पनि खेलाडी भुमिका रहेको जानकारी दिइयो । रेग्मी पनि खेलाडी लुकमा नै कार्यक्रममा देखा परिन् ।
अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठ लगायतको समेत मुख्य भूमिका रहेको चलचित्र १४ मंसिरबाट देशभर प्रदर्शनमा आउने कार्यक्रममा जानकारी दिइयो ।
आशुतोष राज श्रेष्ठ निर्देशित ’जाइरा’ एक्सन जनरामा निर्माण भएको छ । ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्मित यसको कथा निर्देशक श्रेष्ठ आफैले लेखेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’को स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् ।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, केशव थापाको नृत्य निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु